logo
  • मंगलबार, असोज १३ २०८३

मुसिकोटमा भेटिए १० संक्रमित, सबै भारतबाट आएका


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China

हुमाकान्त पोखरेल, गुल्मी असार १ ।
सोमबार गुल्मीको मुसिकोट नगरपालिकामा कोरोना पुष्टि भएका १० जना भारतबाट आएको पुष्टि भएको छ । उनीहरु गत जेठ १२ गते भारतबाट आएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए । भारतबाट आएदेखि नै उनीहरुहरुलाई बगाडाउँको पृथ्वी माध्यमिक विद्यालयमा राखिएको थियो ।

संक्रमण पुष्टि भएका सबै एकै दिन आएका थिए । संक्रमण पुष्टि भएसँगै उनीहरुलाई नगरपालिकाको वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको आइसोलेशनमा ल्याउने तयारी भइरहेको संयोजक जिसीले जानकारी दिए । गुल्मीमा एकैदिन सबैभन्दा धेरै पुष्टि भएको यो पहिलो पटक हो ।

सोमबार आएको रिपोर्टमा आठ पुरुष, एक बालिका र एक महिला कोरोना संक्रमित छन् । २८, २९, ३०, १८, २०, १७, २१ र २४ बर्षका पुरुषहरु, पाचँ बर्षिय बालिका तथा २६ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको जेठ २४ देखि २७ गतेसम्म आरडिटी गरिएको थियो ।

जसमा सबै पोजेटिभ देखिएका थिए । त्यसपछि पिसिआर् को लागि चैत २८ गते स्वाब संकलन गरिएको थियो । छ दिनपछि आएको रिपोर्टमा सबैमा पोजेटिभ भेटिएको हो । उनीहरु कतिजनासँग सम्पर्कमा आए भन्ने अझै नखुलेको जिसीले बताए । यो सँगै गुल्मीमा कोरोना संक्रमितको सङ्ख्या २७ पुगेको छ ।

जसमध्ये धुर्कोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र रेसुङ्गा नगरपालिकामा तीन/तीन, मदाने गाउँपालिकामा दुई, सत्यवती गाउँपालिकामा चार, छत्रकोट र चन्द्रकोट गाउँपालिकामा एक/एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये दुईजनाको मृत्यु भएको छ । भने दुईजनाले कोरोना जितेर काममा फर्किसकेको स्वास्थ्य कार्यालय, गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend