logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा नर्सरीबाट उत्पादित बिरुवाको बिक्रीको चिन्ता


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी असार १ ।
गुल्मीमा नर्सरीबाट उत्पादन भएका बिरुवा तयारी अबस्थामा रहेपछि कृषकलाई बिक्रीको चिन्ता बढेको छ । लामो समयसम्मको लकडाउनले गर्दा जिल्लाको सदरमुकाम तम्घासमै उत्पादन भएका कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफी, लगायत एक दर्जन भन्दा वढि फलफुल, घाँसका जातका बिरुवाहरु बिक्रीको लागि तयारी अबस्थामा भएपनि कृषलाई बिक्रीको चिन्ता बढेको हो ।

सामान्या केहि मात्रामा जिल्लाका बिभिन्न स्थानमा नर्सरीबाट बिरुवा उत्पादन हुँदै आएपनि रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को पुतलीबजारमा बिरबहादुर कार्कीले नर्सरीबाट बिरुवा उत्पादन गर्दै आएका छन् । २०६४ सालमा घाँसका बिरुवा उत्पादन गरेर कृषि पेसा अंगालेका कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमै अगाडी बढाउने उदेश्यले बिभिन्न बिरुवाहरुको नर्सरीबाट बिरुवा उत्पादन गर्दै आएका हुन् ।

नर्सरीमा हाल कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफी, लगायत एक दर्जन भन्दा वढि फलफुल, घाँसका जातका बिरुवाहरु बेच्नको निम्ति तयारी अबस्थाममा रहेता पनि बिक्री गर्न समस्या परेको छ । जिल्लामा बाँझो जमिन खनेर कागती लगाउने अभियान चलेपनि अनेत्र जिल्लाबाट बिरुवा ल्याउने गर्नाले जिल्लामा उत्पादन भएका बिरुवा बिक्री गर्न समस्या परेको कृषक कार्कीको भनाई छ ।

हाल केही कागतीका बिरुवाहरुको माग रहेता पनि अन्य बिरुवाको माग भने खासै नभएको कार्कीको भनाई छ । सामान्य रुपमा जिल्लाकै बिक्री गर्न सुरु गरेपनि ठूलो परिमाणको लागि बिक्री गर्न समस्या रहेको कृषक बिरबहादुर कार्कीले बताए । ५ रोपनी भन्दा वढि ठाउँमा बिरुवा उत्पादन गर्दै आएको कार्कीको नर्सरीमा बिक्री गर्न मिल्ने खालका करिब ५० हजार भन्दा वढि बिरुवा तयार भएको र उक्त बिरुवाहरु बिक्री गर्न समस्या रहेको कार्कीले बताए ।

सरकारले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनको लागि बिभिन्न अनुदान दिन सुरु गरेपछि कृषि क्षेत्रमा आकर्षण बढेको छ । व्यवसायिक रुपमै कृषि क्षेत्रमा प्रबेश गर्नेहरुको संख्या बृद्धि हुँदै गएको छ । अहिले बिभिन्न कृषि जन्य बस्तुहरु उत्पादनमा युवाहरु सक्रिय छन् । कृषि क्षेत्रको सम्भावना राम्रो बन्दै गए पश्चात युवाहरुसँगै समाजका केहि अगुवा व्यक्तिहरु पनि यसक्षेत्रमा उत्साहपूर्वक लागि परेका छन् ।

कृषक कार्की नेकपा गुल्मीका जिल्ला सचिव हुन् । राजनितिसँगै कृषि पेसालाई अगाडी बढाउन बिरुवाको नर्सरी स्थापना गरेका छन् । नर्सरीलाई धेरै संख्यामा उत्पादन गर्ने सोच रहेपनि बजारको समस्याका कारण अन्योलमा परेको बताए ।

कृषकलाई व्यवसायिक रुपमा उत्पादन प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिक करण अन्र्तगत सुन्तला जोन कार्यक्रम धुर्कोट मदाने कालिगण्डी रेसुङ्गा, चन्द्रकोट, मुसिकोट, गुल्मीदरवार, छत्रकोट लगायतका स्थानिय तहको क्षेत्रमा पकेट क्षेत्र घोषणा भएको छ । सोहि कार्यक्रमले गर्दा पनि पछिल्लो समय यता व्यवसायिक रुपमै बिरुवा उत्पादन गर्ने नर्सरीहरु खोल्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend