logo
  • मंगलबार, असोज १३ २०८३

क्लवद्वारा वडा कार्यालयलाई १ लाख ९० हजार सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सुवास वि सी, गुल्मी असार १ ।
सृजनशिल युवा क्लब गुल्मीदरबार गाउँपालिका वडा न २ जुभुङ्गले १ लाख ९० हजार वडा कार्यलयलाई हस्तान्तरण गरेको छ । साविकको जुभुङ्ग गाविसको एक वृत्तचित्र निर्माण भएको छ । निर्माणको क्रममा संकलन रकमको केहि रकम कोरोना विपत तथा व्यवस्थापनलाई वडाको समन्वयमा खर्च गर्ने गरि रकम हस्तान्तरण गरिएको वडा अध्यक्ष हरिहर गौतमले बताउनुभयो ।

गाउँपालिकाले तोकिएको क्वारेन्टाइनमा १४ दिन बसि आरडिटी नेगेटिभ भएका र होम क्वारेन्टाइनमा बस्न असुरक्षित भै नजिकको विद्यालयमा क्वारेन्टाइनमा बस्ने वडा बासिको खाना व्यवस्थापन,क्वारेन्टाइन स्थलबाट गाउँ सम्म र जुभुङ्ग क्वारेन्टाइनमा रहेका अन्य वडाका नागरिकलाई यातायात सुविधाको होस भन्ने क्लबको लक्ष्य छ ।

सो लक्ष्य अनुसार हामिले समन्वय गरेको अध्यक्ष गौतमले बताउनुभयो । विश्व हाल कोरोना भाइरल (कोभिड-19) को चपेटामा गुज्रिएको छ । यस्तो अवस्थामा पनि क्लबले आर्थिक सहयोग गरि वडा मार्फत व्यवस्थापन गर्न रकम हस्तान्तरण गरेकोमा क्लबलाई गौतमले धन्यवाद दिनुभयो । लकडाउनको समय अवधिमा साबिक जुभुङ्ग गाविसको वृत्तचित्र निर्माण गरिएको छ ।

स्थानीय श्रोत साधनको प्रयोग र देश विदेशमा रहेका गाउँवासिको आर्थिक सहयोगमा वृत्तचित्र निर्माण भएको क्लबका अध्यक्ष अमर पल्लिले बताउनु भयो । हामी वृत्तचित्र निर्माण सुरुवात हुँदा नै कोरोना विपत तथा व्यवस्थापनका लागी सहयोग गर्ने उद्देश राखेर रकम संकलन गरेका थियौं ।

विपतको समयमा पनि देश तथा विदेशमा रहेका गाउँबासिले अर्थिक सहयोग गर्नु भयो । संकलन रकमको केहि वृत्तचित्र निर्माण ,क्लब व्यवस्थापन र वडा कार्यालयलाई हस्तान्तरण गरेको पल्लिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend