साझा नेटवर्क
दाङ । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर १ बोझपोखरामा शनिबार राति करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा ट्रयाक्टर चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ७ हाँसीपुरका २० वर्षीय रामबहादुर बुढाको आइतबार बिहान करिव पौने ४ बजे उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।
दाङबाट विद्युतको पोल लिएर प्यूठान तर्फ जाँदै गरेको रा १ त २७७५ नम्बरको उक्त ट्रयाक्टरका सहचालक प्यूठान, स्वर्गद्वारी नगरपालिका सिमिलेका वर्ष १८ का भेषराज घर्ती मगर र अर्का बंगलाचुली गाउँपालिका वडा नम्बर १ बाह्रबीसेका ३२ वर्षका ईश्वर जिसी घाइते भएका छन् । उनीहरुको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहेको छ । यस्तै, मृतकको शव अहिले प्रतिष्ठानमा राखिएको छ । दुर्घटनाग्रस्त उक्त ट्रयाक्टर सडकबाट करिब १५० मिटर खोँचमा खसेको हुँदा उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । अप्ठ्यारो ठाउँमा दुर्घटना भएको हुँदा करिब ७ घण्टापछि मात्रै उनीहरुको उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend