साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं,जेठ ३१।
लोकप्रिय गायक तथा सर्जक रामचन्द्र चन्दको नयाँ गीति एल्बम “साहिँला दाई”सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली लोक गित संगितमा आफूलाई समर्पित गर्दै आएका चन्दले यसपटक भने गायिका बन्दना पाण्डेसँगको सहकार्यमा नयाँ असारे भाका बजारमा लिएर आएका हुन ।
पछिल्लो पटक देश,समय र परिस्थिति सुहाउँदा गितहरु समेत सृजना गर्दै आएका चन्दले यस अघि देशको सिमाना मिचिएको भन्दै गित मार्फत खबरदारी गरेका थिए । यसपटक असारे गित मार्फत नेपाली मौलिक जनजीवनलाई समय सुहाउँदो तरिकाले प्रतिनिधित्व छन् । खेतीपातीको मौसम,खेतबारीमा साथीसंगीहरु सँग रमाइलो गर्दाको त्यो रमाइलो क्षणलाई गितमार्फत उनले जस्ताको तस्तै प्रस्तुत गरेका छन् ।
गायक चन्दलाई यस गीतमा गायिका बन्दना पाण्डेले स्वरमा साथ दिएकि छन् । प्रदिप पर्खर पोख्रेल र कृष्ण चन्द को शब्द रहेको गीत साईला दाईमा गायक चन्द कै लय रहेको छ । यस गितलाई रामचन्द्र चन्दले आफ्नै युट्युबबाट सार्बजनिक गरेका छन् । दिपक लामीछाने र शुभेच्छा रेग्मीको अभिनय रहेको म्युजिक भिडियोमा हुम गैरेको निर्देशन तथा सम्पादन रहेको छ भने बसन्त महर्जनले खिचेका छन् ।
भिडियो हेर्नुहोस्-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend