साझा नेटवर्क
सूर्य सुनार, गुल्मी जेठ ३१ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले कोभिड १९ सम्बन्धी एक दिने मनोसामाजिक परामर्श सम्बन्धी सचेतना कक्षा सम्पन्न गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ महेन्द्र नमूना माध्यामिक विद्यालयको क्वारेन्टाइमा रहेका व्यक्तिको लागि शनिबार उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

अहिले देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आत्मा हत्या लगाएत अनैतिक क्रियाकलाप गरिरहेको समयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले यस्ता क्रियाकलाप पुन नहुन का लागि सचेतना कक्षाले सहयोग गर्ने उदेशयले यो काम सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका उपसभापत्ति कृष्ण प्रसाद भण्डारीले बताउनु भयो ।
क्वारेन्टाइमा बस्दा दिक नमानि यस समयमा व्यक्तिगत सरसफाई लाई ख्याल गर्ने, अनुशासनमा बस्ने ,नँया कुराको सिर्जना गर्ने जस्ता कुरालाई सिको गर्ने र तनाब रहीत जिवन जिउन सिक्न पनि उहाँले आग्रह गर्नुभयो । उनीहरुलाई सचेतना कक्षा सञ्चालन गर्नको लागि रेडक्रस बाट नै विज्ञहरुको व्यवस्था गरिएको भण्डारीले बताउनु भयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे को सभाअध्यक्ष रहेको कार्यक्रमको प्रमुख अतिथि रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीको थियो । गुल्मी जिल्लाका प्रत्येक स्थानिय तहहरुमा समन्वय गरी सचेतना कक्षा सञ्चालन गर्ने नेपाल रेडक्रस सोसाइटी गुल्मीका आपत्तकालिन स्वास्थ्य संयोजक रोशन सिहँ ठकुरीले बताउनुभयो । वारेन्टाइनमा बसेका व्यक्तिलाई नआतिन पनि ठकुरीले आग्रह गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend