साझा नेटवर्क
अनिष पाठक, बाग्लुङ जेठ ३०।
निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लिमीटेड खर्वाङ शाखाले एक कार्यक्रमका बिच छात्रवृती रकम वितरण गरेको छ । संस्थाका संस्थापक हरीहरदेब पन्तको स्मृतीमा हरीहरदेब स्मृती छात्रवृती कार्यक्रम अन्तरगत गत वर्ष कक्षा १२ को वार्षिक परिक्षामा ग्राहाक सदस्यका छोराछोरी मध्ये उत्कृष्ट नतिजा ल्याउने मुसिकोट नगरपालिकाका २ जनालाई शुक्रबार छात्रवृती प्रदान गरिएको खर्वाङ शाखा प्रमुख टोकराज बस्यालले जानकारी दिए ।

गूल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं.१ बगैचा महिला समाजकी ग्राहक सदस्य मिना खरेलकी छोरी संगीता खरेल र पालिका वडा नं.६ गुर्जाङ महिला समाजकि ग्राहक सदस्य बिष्णु कुमारी घर्तीको छोरा स्याम बहादुर घर्तीलाई नगद ६÷६ हजारका दरले खर्वाङ शाखा प्रमुख बस्यालले रकम प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रम बोल्दै शाखा प्रमुख टोकराज बस्यालले संस्थाले कर्जा र बचतको कारोबार मात्रै नभएर सामाजीक उत्तरदायीत्व अन्तर्गत बिभीन्न आयमुलक तालीम लगायत अन्य सेवा प्रदान गरी गरीव तथा बिपन्न बर्गलाई सेवा प्रदान गर्दै गरिवी निवारण गर्नमा संस्था सधै लागीरहने प्रतीबद्धता ब्यक्त गर्नु भयो ।
संस्थाले आफना १ सय ८१ वटा शाखा कार्यालयका ३ सय ६२ जना छात्रछात्रा लाई प्रत्येक बर्ष उत्कृट अङका आधारमा छात्रबृती रकम प्रदान गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend