logo
  • मंगलबार, असोज १३ २०८३

गण्डकी विकास बैंकद्वारा फरक क्षमताका बिद्यार्थीले अध्ययन गर्दै आएको बिद्यालयलाई सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी जेठ ३० ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको गण्डकी विकास बैंक लिमिटेडको शाखाले फरक क्षमताका बिद्यार्थीले अध्ययन गर्दै आएको बिद्यालयमा सहयोग गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ उपल्लो तम्घास माध्यमिक बिद्यालयलाई स्टिल दराज दुई थान सहयोग गरेको बिद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बताइन् ।बैंकका तम्घास शाखा प्रमुख कालिदास पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारान सुनार, विद्यालयका प्रधानध्यापक पिङ्की घिमिरे भुसाल लगायतले संयुक्त रुपमा एक समारोहकाविच फरक फर्निचर सामाग्री हस्तातरण गरिएको हो । बैंकले संस्थागत सामाजिक उत्तर दायित्व वहन गर्र्दै फरक क्षमता भएका विद्यार्थी (वहिरा तथा सुस्त मनस्थिती भएका गरिब, बेसाहरा बिद्यार्थीले अध्ययन गर्ने बिद्यालयलाई फर्निचर सामाग्री सहयोग गरेको बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।यस विसम परिस्थती कोरोना भाइरस (कोभिड–१९) को प्रभाब रहेता पनि विद्यालयमा फरक क्षमता भएका बिद्यार्थीहरुको अबस्थालाई मध्य नजर राखेर सहयोग गरेको पाण्डेले बताए । सामाजिक क्षेत्रमा यस्तै आवश्यकताहरुको पहिचान गरी समाजका लागि केही न केही योगदान पु¥याउन बैंक सधै तयार रहेको बैंकका शाखा प्रमुख पाण्डेको भनाई छ ।

कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारान सुनार विद्यालयका प्रधानाध्यापक पिङ्की घिमिरे भुसालले बैंकले विद्यालयमा अध्ययनरत फरक क्षमता भएका, आर्थिक रुपमा विपन्न गरिब,जेहेन्दार,बेसाहरा ,दलित बिद्यार्थीहरुलाई संस्थागत दायित्ववोध गर्दै फर्निचर वितरण गरेकोमा बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे ।कार्यक्रममा बैंकका गुल्मी शाखा प्रमुख पाण्डेले यस गण्डकी विकास बैंक र यस बैँकले प्रदानगर्ने सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend