logo
  • मंगलबार, असोज १३ २०८३

मन्त्री ज्ञवालीको निर्वाचन क्षेत्रमा ११ करोडका सडक योजना


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सज्जन ढकाल ,गुल्मी जेठ ३० । नेपाल सरकारका परराष्ट्र मन्त्री गुल्मी निर्वाचन क्षेत्र नं १ का सांसद प्रदिप कुमार ज्ञवालीको पहलमा गुल्मी निर्वाचन क्षेत्र नं १ मा आर्थिक बर्ष २०७७र ०७८ का लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत विभिन्न सडक निर्माण योजनाका लागि ११ करोड ८० लाख रकम बिनियोजन गरिएको छ ।

पटौती खर्ज्याङ्ग घुम्ती गैडाकोट मजुवा शान्तिपुर सडक खण्ड २ करोड ४० लाख, पुर्तिघाट फोक्सिङ्ग ग्वाघा शान्तिपुर आँपचौर ईन्द्रेगौडा सडक खण्ड ४० लाख ,छत्रकोट गा.पा. हुँगा गुन्टुङ सिस्ने चोरकाटे सत्यवती गा.पा. ७,सडक ४० लाख ,रुद्रबेणी अस्लेवा ठुलोलुम्पेक जयखानी सडक ४० लाख , सत्यवती चन्द्रकोट लोक मार्ग ४० लाख ,बर्तुङ्ग रिडि तम्घास सडक ४० लाख ,बर्तुङ्ग तानसेन रिडि वामिटक्सार खरबाङ्ग रिडिरुद्रबेणी वामिटक्सार दरमखोला सडक खण्ड ७ करोड ४० लाख , रकम सडक निर्माणका लागि बिनियोजन गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend