logo
  • शनिबार, भाद्र २० २०८३

समस्यामा छौँ भन्दा-भन्दै पनि थाकिसक्यौँ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दोहा, जेष्ठ ३० ।
मुश्किलले सरकारले हाउगुजी (जहाज) बिभिन्न देशमा पठाउने निर्णय गरेको छ । केही देशका श्रमिकहरू नेपाल फर्किएका पनी छन् । अहिलेको विकराल परिस्थितिमा नेपाल सरकारले जून प्रवासी नेपालीको उद्धार नीति लिएको छ । यो स्विकार्य नभएको भन्दै कतारमा श्रमिकहरूले फोटो प्रदर्शन गरेका छन् ।

एक सामान्य श्रमिक जस्ले ७०० दिराम/रियाल (नेपाली २२/२५हजार)मा श्रम बेचिरहेको छ । उस्ले के सरकारले तोकेको हवाई भाडादर र क्वारेन्टाईन खर्च बेहोर्न सक्छ ? सरकारले न्यूनतम ७२ हजार हवाई भाडा र क्वारेन्टाईन खर्च गरी, लगभग १ लाख २० हजारको ऋण मजदूर माथि थूपारेको छ ।

उद्धारको नाममा श्रमिक माथी सरकारले हाक्काहाक्की व्यापार गरेको भन्दै श्रमिकहरूले सामाजिक संजालमा आक्रोश पोखेका छन भनेका छन् हामी चुप मौन समर्थन गर्दैनौँ, एक प्रदर्शनकारी पुण्य प्रसाद अधिकरीले भने, नेपाल सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषमा भएको रकमबाट प्रबासमा रहेका श्रमिकको उद्धार गर्नू पर्छ ।

विपतमा सरकार नाफाघाटाको सौदाबाजी गर्दै व्यापारीलाई फायदा दिने हिसाबले काम गर्दा ढिलो भएको र यस ढिलाईले विदेशमा रहेका नेपालीहरू मृत्यु भएको छ । यस्को जिम्मा नेपाल सरकारले लिनू पर्दछ ।

यदि सरकार चिचिपनी पापापनी हुँदैन भनेर भन्छ, भने यो देश धनीका लागी मात्र हो । पूँजिपतीको राजनीति गर्ने सरकारले गरीबको भोट नलिगोस् चाहिन्छ भने गरीब नागरिक पैसा नहुने, खर्च गर्न नसक्ने स्वदेश आउन पर्छ । गरीब खाडीमै मोर्ने अवस्था नबनोस ? सरकार मजदूरमुखी भएको हेर्ने पाउँ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend