logo
  • मंगलबार, असोज १३ २०८३

छत्रदेब गाउपालिकामा योजना अनुगमन र सार्वजनिक परीक्षणमा तिव्रता


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

दिपेन्द्र श्रेष्ठ
छत्रदेब, अर्घाखाँची
छत्रदेब गाउपालिकाले योजनाहरू अनुगमन तथा सार्बजनिक परीक्षणलाई तिब्रता दिएको छ। सोही क्रममा छत्र एग्रीकल्चर डेभलपमेन्ट कम्पनी प्रालि छत्रदेब गाउपालिका वडा नं ५ दामलिङ अर्घाखाचीले स्थानीय पूर्वाधार कार्यक्रम मार्फत सञ्चालन गरेको योजनाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । १० लाखको लागतमा कम्पनीले स्थानीय जातका बाख्रा र कुखुरा पालन सुरू गरेको छ।

कार्यक्रमा गाउपालिका उपाध्यक्ष तुलसीदेबी श्रेष्ठले कृषि बिना कुनै गाउको सम्बृद्दता सम्बृदता सम्भव नभएको बताउनुभयो । श्रेष्ठले गाउपालिकालाई कृषिको माध्यमबाट आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा योजनाको अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले फमले समग्र छत्रदेब गाउपालिकालाई कृषिको क्षेत्रमा आत्मनिर्भर बन्ने बाटोमा उन्मुख गराएको बताउनुभयो । भुसालले लकडाउनको समयमा पनि सामाजिक दुरी कायम गरी गाउपालिकाले सम्झौता भएका योजनाहरूको तिब्रगतिमा निर्माण र भुक्तानीमा तिब्रता दिएको बताउनुभयो ।कार्यक्रममा पत्रकार महासंघ जिल्ला सदस्य बसन्त श्रेष्ठ, योजना शाखा प्रमुख सुनिल पन्थी रोजगार संयोजक सन्तोष भुसाल, योजना शाखा उप प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।

त्यस्तै उता छत्रदेब गाउपालिका वडा न ६ मा कल्लापानी ढाक्रेपानी पधेरा संरक्षणको समेत सार्बजनिक परिक्षण सम्पन्न भएको छ । सार्बजनिक परिक्षण कार्यक्रममा गाउपालिका उपाध्क्ष तुलसीदेबि श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष कमल पौडेल, वडा सचिव मणिराम बिक लगायतले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend