logo
  • मंगलबार, असोज १३ २०८३

आमा समुहद्वारा क्वारेन्टाइनमा रहेकालाई पोषणयुक्त खानाको व्यवस्था


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, गुल्मी जेष्ठ २९ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदिमा रहेको भुवाचिदि आमा समुहले क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई बिहानको खाना खुवाएका छन् । त्रिभुवन माध्यमिक विद्यालयमा बसेका ३२ जना नागरिकलाई बिहानको खानामा मासु समेत समावेश गरेको मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माले जानकारी दिनु भएको छ।

मुसिकोट नगरपालिका भित्र निर्माण भएका क्वारेन्टाइनहरुमा स्थानियहरुले स्वस्फुर्त रुपमा सहयोग गरिरहेका छन्। सोहि अनुरुप त्रिभुवन मावि भुवाचिदिमा रहेको क्वारेन्टाइनमा स्थानिय आमा समुहले खाना खुवाएका हुन्। सोहि स्थानका व्यवसायीहरुले पनि दैनिक रुपमा फरकफरक व्यक्तिहरुले खाना, खाजा, र अन्य आवश्यक सामाग्रिहरु सहयोग गरिरहेको उपमेयर शर्माले जानकारी दिनुभएको छ।

अहिले विपद्को समय भएको भन्दै सबै एक जुट भएर विपदको सामना गर्नुपर्ने स्थानियले बताएका छन् । आमा समुह तथा स्थानियहरुले गरेको स्वस्फुर्त सहयोगलाई चौतर्फि प्रशंसा भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend