logo
  • मंगलबार, असोज १३ २०८३

एसइई परीक्षा नगर्ने मन्त्रि परिषद्को निर्णय, स्कुलबाट आन्तरिक मूल्यांकन हुने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, जेष्ठ २९।
यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो ।सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको शिक्षामन्त्रीले जानकारी दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो। यस सम्बन्धमा विस्तृत जानकारी शिक्षा मन्त्रालयले आज बिहीबार पत्रकार सम्मेलन गरेर दिने भनेको छ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण परीक्षा शुरु हुन १२ घण्टा अघि स्थगित भएको थियो। त्यसयता उक्त परीक्षा हुने कि नहुने अन्यौल थियो। शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव लगेको थियो।

कक्षा १० को एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। यसैबिच सरकारले लकडाउनको मोडालिटिमा पनि परिवर्तन गरेको छ ।

काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा  पसल खोल्ने दिने, लामो रुटका बाहेक सवारी साधनलाई चारपांग्रे निजी सवारी साधन भए चालक बाहेक २ जना र मोटरसाइकलमा एक जना मात्रै बस्न पाउने गरी जोर बिजोरका आधारमा चल्न दिने सरकारले निर्णय गरेको छ ।

असार १ गतेदेखि सरकारी कार्यालयहरु पनि खुल्ने भएका छन् । विना विकल्प लामो समय सम्म लकडाउन गरेको भन्दै जनस्तरबाट विरोध भए पछि सरकारले बाध्य भएर मोडालिटि बदलेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend