logo
  • मंगलबार, असोज १३ २०८३

क्वारेन्टाइनमा योगाभ्यास र आयुर्वेद औषधी वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

 

टोपलाल अर्याल
गुल्मी, २८ जेठ

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई आयुर्वेद औषधी वितरण तथा योग प्रशिक्षण सम्पन्न गरेको छ । कोभिड–१९ रोगथाम तथा नियन्यन्त्रणका लागि क्वारेन्टाइन स्थलमा रहेका नागरिकहरुलाई प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि बितरण तथा तनाव ब्यबस्थापन गरेर स्वस्थ रहन योग प्रशिक्षण संचालन गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मी निमित्त प्रमुख नरहरि अर्याल (नविन) ले जानकारी दिए ।

मालिका गाउँपालिका वडा नं ६ को अर्जे मावि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रबाट आवश्यक रोग प्रतिरोधात्मक हर्वल चिया, गिलोय चुर्ण, अश्वगन्धा चुर्ण तथा शतावरि चुर्ण बितरण गरिएको थियो ।

अर्यालले क्वारेन्टाईनमा रहेका ३५ जना ब्यक्तिहरु तथा कर्मचारीहरुलाई योगाभ्यास, प्रणायाम र सकरात्मक सोचका बारेमा जानकारी गराएका थिए । उनले प्रशिक्षणपछि कार्यक्रममा ईच्छुक ब्यक्तिहरुलाई ब्यक्तिगत तर्फ बाट निःशुल्क रुपमा नेपाली अर्थ सहितको श्रीमदभागवत गीता पुस्तकहरु बितरण गरेका थिए । कार्यक्रममा वडाध्यक्ष शोभाखर गिरी, अर्जे माविका पुर्व प्रध्यानाध्यापक शेर बहादुर केसी र समाजसेवी सिता अर्यालले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend