logo
  • मंगलबार, असोज १३ २०८३

रुपन्देहीमा रोकिएन हत्याको श्रृङखला


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्रिया अधिकारी,जेठ २८ । रुपन्देहीको तिलोत्तमा १० कान्छी बजारमा भएको हत्याको कुरा सेलाउन नपाउदै रुपन्देहीको कञ्चन गाउँपालिकामा आफ्नै बाबुले वन्चरो प्रहार गरि छोराको हत्या गरेका छ्न। कञ्चन गाउँपालिका वडा नस्१कुचेराका ४९वर्षीय रिम बहादुर कुमालले आफ्नो १७ वर्षीय सुदिप कुमालको वन्चरो प्रहार गरि हत्या गरेको वडा नस्१ का सचीव विर्ख बहादुर पुलामिले जानकारी दिएका छन।

मंगलबार राती काकाको घरको छतमा सुतेका सुदिपलाइ राती १ बजे तिर छतमै गइ हत्या गरेको पुलामिले बताए। वन्चरो प्रहारबाट गम्भीर घाइते भएका सुदिपलाइ उपचारका लागि अस्पताल लादैगर्दा मृत्युु भएको हो। रिम बहादुरको दुई वटि विवाह गरेको र सुदिप जेठि श्रीमती तर्फका कान्छा छोरा हुन। स्थानीयका अनुसार सुदिप रोजगारीको शिलशिलामा भारत रहे पनि लकडाउन हुनु पहिले चैत्र पहिलो साता घर आएका थिए। रिम बहादुरले अत्यधिक मादक पदार्थ सेवन गरेको स्थानीयको भनाइ छ ।हत्यामा संलग्न रहेका रिम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend