logo
  • शुक्रबार, असोज ९ २०८३

नागरिकलाई उत्तेजित नबनाउन नेकपा मुसिकोटको माग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २७ ।
नेकपा मुसिकोट नगरपालिका वडा नं १ को सरस्वति माविका क्वारेन्टाइन अनुगमनको क्रममा मेयर लगायतका जनप्रतिनिधी माथी भएको व्याबहारको नेकपा मुसिकोटले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा मुसिकोट नगर कमिटी र मुसिकोट नगरपालिका १ वडा कमिटीले छुट्टा–छुट्टै बिज्ञप्ती निकालेर घटनाको घोर भत्र्सना गर्दै नागरिकलाई उत्तेजित नबनाउन माग गरेका छन् ।

नेकपा मुसिकोट नगर कमिटी अध्यक्ष खुम बहादुर थापा र सचिव अग्नीधर लोहनीद्धारा जारी बिज्ञप्तीमा क्वारेन्टाइनमा हुलहुज्जतपूर्ण कार्य र भिडियो निर्माण तथा प्रकाशनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । सर्तक, शान्त र भिडरहित बनाउने ठाउँमा बाहिरका मान्छे समेत बटुलेर क्वारेन्टाइनमा बसेकालाई उत्तेजित बनाउने, मेयर लगायतका जनप्रतिनिधीलाई अभद्र व्यावहार प्रर्दशन गर्ने र भिडियो निर्माण गरेर तमासा देखाउने कार्यले सक्रमणको फैलने भएकाले त्यो कार्यलाई निन्दनीय भएको बिज्ञप्तीमा उल्लेख छ ।

जेठ २५ गते नगरप्रमुख सोमनाथ सापकोटा, वडा नं. १ वडा अध्यक्ष पुर्णवहादुर हितान र वडा सदस्य एवं नेकपा नगर सदस्य दलवहादुर थापा लगायत क्वारेन्टाइन अनुगमनमा पुगेका थिए । सोहि क्रममा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरु चिरञ्जीवी केसी, पोमलाल खरेल, नेपाल तरुण दलका भिम पाण्डे लगायत व्यक्तिले अपमानजनक, अभद्र र अराजनीतिक व्यवहार गरेको नेकपा वडा कमिटी इन्चार्ज भुप्रेन्द्र रायमाझीले बताए ।

कोरोना संक्रमणको कारण मानव जीवनमा संकट परिरहेको समयमा नगरपालिकाले गरेको उद्धार, राहत, क्वारेन्टाइन व्यावस्थापन र परिक्षणका सहयोग गर्नुको सट्टा राजनैतिक पुर्वाग्रहका साथ दिनरात कोरोना नियन्त्रण र रोकथाममा खटिएका जनप्रतिनिधी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, शिक्षक र स्वयमसेवकहरुलाई हतोत्तसाहित पार्ने तथा मनोबल गिराउने काममा संलग्न सम्वन्धित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गर्न नेकपा मुसिकोट नगर तथा वडा कमिटी तर्फबाट जोडदार माग गरिएको नेकपा मुसिकोट नगरकमिटी अध्यक्ष खुम बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend