logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा पि.सि.आर जाँच गर्ने प्रयोगशाला संचालनको लागी पहल सुरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अजय जेम्स,गुल्मी जेष्ठ २७ ।

गुल्मीमा पि.सि.आर् जाँच गर्ने प्रयोगशाला संचालनको लागी पहल सुरु भएको छ । मंगलबार जिल्लाका सरोकारवालाहरु संग उक्त प्रयोगशाला संचालन गर्न के कति सम्भव छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यलयमा छलफल सम्पन्न भएको छ ।विश्वनै अहिले कोरोनाका कारण ग्रसित भैरहदा नेपालमा पनि दिन प्रतिदिन कोरोना संक्रमित बढ्दैगइरहेके छ । यस संगै गुल्मी पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । पछिल्लो समयमा भारत लगाएत तेस्रो मुलकबाट गुल्मीमा ठूलो संख्यामा भित्रीरहेका छन् । अहिले गुल्मीबाट पि.सि.आर् जाच गर्न प्रादेशिक प्रयोगशाला भैरवामा पठाउने र रिर्पोट आउन धेरै समय लाग्ने हुदाँ जिल्लामा उक्त प्रयोगशाला संचालन गर्नको लागि पहल सुरुभएको हो । गुल्मीमा यो प्रयोगशाला संचालन भएमा सम्पुण जनसमाजमा सकारात्मक संदेश जाने गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर उत्तम पच्याले बताउनुभयो ।

पि.सि.आर् जाँच गर्ने प्रयोशाला निमार्ण गर्दा लगभग १ करोड ३५ लाख लागत लाग्ने प्रयोशाला प्रविधिक लक्ष्मण पन्थीले बताउनुभयो । अहिले प्रत्येक गाउँपालिकामा पनि कारोना संक्रमण बाट रोक्नको लागी धेरै रकम खर्च भइरहेकोले जिल्लामा प्रयोगशाला निमार्ण गर्नको लागी प्रत्येक गाउँपालिकाबाट आवश्यक रकम छुट्टाउन समस्या नहुने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । सबै एकजुट भएर लागेमा प्रयोशाला निमार्ण गर्न गाह्रो नहुने र यसको स्थापनामा आर्थिक सहयोग जुटाउने कुरामा प्रदेश लगाएत केन्द्रिय जनप्रतिनिधिहरुले यो विषयमा प्रतिबद्धता देखाए काम गर्नको लागी सहज हुने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो । गुल्मीमा पि.सि.आर् प्रयोशाला संगसंगै संक्रमित बिरामीहरुको उपचारको लागी गाउँगाउँमा कोराना बिशेष अस्पताल संचालन सकियो भने धेरै राम्रो हुने जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीको भनाई रहेको थियो ।

उक्त छलफल बाट नेकपा नेता गणेश श्रीपालीको संयोजकत्वमा ५ सदस्य कोरोना अस्पताल र पि.सि.आर् प्रयोशाला अध्ययन समिति गठन गरेको छ । जसमा संयोजक गणेश श्रीपाली र सदस्यमा पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुषाल , गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर उत्तम पच्या , रेसुङ्गा हस्पिटलका कार्यकारी निर्देशक होम बहादुर पल्ली र प्रदेश ५ जनस्वास्थ्य प्रयोशाला प्रविधिक लक्ष्मण पन्थी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend