साझा नेटवर्क
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका झिरबासमा २०४९ सालमा जन्मिएका अन्जान गौतम लोक तथा दोहोरी गायक हुन । काब्रे पोखरी मावि जुभुङ्गबाट एसएलसी दिएका गौतमले काठमाण्डाैको बागबजार स्थित काठमाण्डाै मोडल कलेजबाट प्लस टु उत्तीर्ण र अपोलो ईन्टरनेसनल कलेजबाट बीबीए सकाएपछि सांगितिक यात्रा सुरु गरेका हुन् ।

लामो समयदेखि साँगितिक क्षेत्रमा लागि रहेका र पछिल्लो समयमा चर्चा बटुल्दै गरेका गायक अन्जान गौतमसंग सांगितिक क्षेत्रमा भए गरेका गतिविधिहरुलाई समेट्दै साझा नेटवर्क डटकमका लागि कृष्ण पन्थीले तयार पार्नु भएको रमाईलो कुराकानी ।
अन्जान जी स्वागत छ (साझा नेटवर्क डटकममा) यहाँलाई ।
हजुर धन्यवाद, एवम् साझा नेटवर्क डटकम लगअन गरेर बस्नु भएका सम्पूर्ण पाठक वर्गहरुमा नमस्कार !
तपाईको सांगीतीक यात्रा कहाँबाट र कसरी शुरु भयो ?
सानै देखि गाउन र नाच्नमा रुची लाग्थ्यो, स्कुल पढ्दाको समय देखि नै विभिन्न ठाउमा प्रतियोगितामा भाग लिन्थे । सबैको माया र हौसलाले सांगीतिक यात्रा सुरु भएको हो । र निरन्तर सांगीतिक यात्रामा लागेको ४ वर्ष जति भयो ।
यहाँलाइ संगीत प्रति रुची कसरी बढ्यो ?
म सानैदेखी नै संगीत प्रति झुकाव राख्थें । आमाबुवाले केही गर्न नसके पनि यसले गायर चाँही खान्छ है भन्नु हुन्थियो । सानैबाट घरमै खुब गाउँने गरिन्थियो । यताउता गाउँमा हुने कार्यक्रमहरुमा पनि म गाउँने गर्थे । त्यसरी गाउँदै जाने क्रममा मेरो संगित प्रति झनै रुची बढ्दै गयो । कसरी गीत रेकर्ड गरिदोँ रहेछ भनेर जान्ने पनि मेरो ठुलो ईच्छा थियो । त्यही सिलसिलामा स्नातकपछि म यस संगितको दुनियाँमा प्रवेश गरेको हुँ।
अहिलेसम्म कतिवटा गीत रेकर्ड गराई सक्नुभयो नि ?
मैले अहिले सम्म ५ वटा तीजको, दुइ वटा लोक दोहोरी, DJ गीत र दसैंको गीत रेकर्ड गराई सकेको छु । तीजको गीत बढी भएपनि मैले लोकगीतलाई बढी प्रथामिकता दिने प्रयासमा छु । किनभने म आँफैमा पनि लोकभाका प्रेमी हुँ । लोकभाका बिलाउँदै गएको अवस्थामा म एक युवा भएको हिसाबले आफ्नो सँस्कृतिलाई जीवंत राख्नुपर्छ भन्ने मेरो सोच रहेको छ । मेरा सबै गीतहरु युट्युबमा पनि उपलब्ध छन् ।
दर्शकको प्रतिकृया कस्तो पाउनु भएकाे छ ?
दर्शकको राम्रो प्रतिकृया रहेको छ । जसको कारण मलाई हरदम गाउन प्रोत्साहन मिलेको छ । ब्यवसायीक हिसावमा राम्रो हुन नसके पनि दर्शकको मनमा ठाउँ पाएको छु। युट्युब र स्टेज कार्यकरम आम्दानीका श्रोत रहेको छ । अहिलेसम्म आमदानी सन्तोषजनक रहेको छ। मैले अहिलेसम्म सबै गीतहरु स्पोन्सरबाटै गरेको छु। मेरो विदेशमा दाजुभाई र साथीहरु हुनुहुन्छ, उहाँहरुकै सहयोगमै अहिलेसम्म मेरो सांगीतिक यात्रा अघि बढीरहेको छ ।
औपचारिक रुपमा तपाईले संगीत सिक्नु भयो कि भएन ?
अँह, मैले अहिलेसम्म औपचारिक रुपमा संगीत सिकेको छैन । म अहिले अब अर्को दोहोरी गीत रेकर्ड गर्ने क्रममा छु । पढाईको लागि बाहिर जाने तयारिमा छु । त्यसैले गर्दा पनि मैले मेरो ट्रेनिङमा ध्यान दिन पाईरहेको छैन । तर म अब म ट्रेनिङ लिने तयारिमा छु। बाहिर जान अघि ट्रेनिङ लिएर बिदेशमा गएर पनि त्यसलाई निरन्तारता दिने सोच मैले बनाएको छु। मैले अझै यो क्षेत्रमा धेरै गर्न बाँकी छ ।
विदेश गएपछि संगीतलाई बिर्सने त हैन ?
त्यस्तो त होईन संगीत सधैं मन मुटुमा रहिरहन्छ । ठाउँ परिवर्तन गरेर संगीतलाई बिर्सिने भन्ने हुँदैन । म जहाँ भएपनि संगित सधैं म संगै रहनेछ ।
कस्ता खाले दर्शकले तपाईंको गीत मन पराउने गरेका छन ?
मेरो संगीत मन पराउनु हुने प्राय युवाहरु भन्दा पनि युवा अवस्था पार गरेका मानिसहरु हुनुहुन्छ । भ्याली भन्दा बाहिर रहेको दर्शकहरुको माया बढी पाइरहेको महसुस हुन्छ मलाई ।
बजारमा आउन लागेका एल्बम/गीतहरु के के छन् ?
लगतै बजारमा आउने तयारीमा ३/४ वटा एल्वमहरु रहेका छन । जसमा लोक दोहोरी गित नाचन माया,पन्चेबाजा गित बाजा बजाउदै र तिज गित बामरी लरिकाम्ला लागायतका एल्बमहरु आउने क्रममा रहेका छन् ।
अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?
आदरणीय दर्शक श्रोताहरुले मैले बजारमा पस्किएका गितहरु सुनिदिनुहोस माया गरिदिनुहोस, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिनुहोस तपाईहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरो लागि थप हौसला हुनेछ भन्न चाहान्छु ।
साथै पाठक वर्गहरुलाई पनि सम्झन चाहान्छु, दैनिक रुपमा साझा नेटवर्क डटकम लगअन गरेर पलपलका खबरहरु पढ्न तथा हेर्न नभुल्नुहोला भन्न चाहान्छु । मलाई आफ्ना कुराहरु राख्न मौका दिनुभएकोमा विशेषत साझा नेटवर्क मिडिया र यहाँलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु । धन्यवाद !
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend