logo
  • मंगलबार, असोज १३ २०८३

जसपाको अध्यक्ष बाबुराम नै हो :महतो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

 

काठमाडौं, जेठ २६। जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई नै हुने पार्टीका नेताहरुले स्पष्ट पारेका छन् ।

निर्वाचन आयोगमा पार्टी दर्ता गराउदाँ हिजो उनको नाम चौथो नम्मरमा रहेकाले उनको भूमिका माथी प्रश्न उठिरहेका बेला संघिय परिषद्को अध्यक्ष उनी नै हुने पार्टीका नेताहरुले स्पष्ट परेका हुन् ।

पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले डा भट्टराईलाई संघिय परिषद्को अध्यक्ष बनाउने सहमती यसअघि नै भएको र त्यो कायमै रहेको जानकारी दिए।

बरिष्ठता, सन्तुलन र पार्टीको समान हैसियतका आधारमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष बनाइएको र समावेशिताका लागि अशोक राईलाई तेस्रो बरियतासहित बरिष्ठ उपाध्यक्ष बनाएको महतोले बताए।

सवै जाति र क्षेत्रका जनताको पाटी हो भन्ने सन्देश दिन पनि राईलाई बरिष्ठ उपाध्यक्ष बनाइएको महतोको भनाई छ । उनले पार्टीको आगामी बैठकले भट्टराईलाई संघिय परिषद् अध्यक्ष र आफुलाई संसदीय दलको नेतामा नियुक्त गर्ने सहमती भएको पनि दाबी गरेका छन्।

तत्कालिन राजपाका नेताद्धय राजकिशोर यादव र अनिल झा एकिकरणका कुनैपनि गतिविधिमा संलग्न नभएको विषयमा आफुलाई थाहा नभएको महतोको जवाफ थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend