logo
  • मंगलबार, असोज १३ २०८३

नवलपरासीको सीमावर्ती नाका बसैयामा झडप हुँदा ६ सशस्त्र प्रहरी घाइते


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,नवलपरासी जेठ २६ ।

पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गोली चलाएको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्नेमाथि सवारी चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीयबीच विवाद भएपछि सशस्त्र प्रहरी बलले गोली चलाएको हो ।

गोली चलेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । लकडाउनको समयमा भारत आवतजावत गर्न नपाइने भन्दै सशस्त्रले सीममा रोक्न खोजेपछि झडप भएको हो ।

आक्रमणबाट चेक पोष्टमा रहेका ६ जना सशस्त्र प्रहरी घाइतेसमेत भएका छन् । घटनामा घाइतेका भएका ६ मध्ये २ जनाको आँखामा गम्भीर चोट लागेको बताइएको छ ।

आँखामा गुलेलीको ढुङ्गा लागेर गम्भीर घाइते भएका जवान गणेश ज्ञवाली र कमल रावललाई थप उपचारका लागि रण अम्बिका आँखा अस्पताल भैरहवा लगिएको छ ।

बाँकी घाइतेको भने जिल्ला अस्पताल परासी उपचार भइरहेको छ । भिड नियन्त्रण गर्न सशस्त्र प्रहरीले ४ राउण्ड गोली चलाएको थियो ।

घटना स्थलमा सशस्त्र प्रहरीको डिएसपीको टोली खटाएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेड क्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend