logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, स्वास्थ्य कर्मीले ब्लड दिए


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी २५ जेठ, ।
गुल्मीका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर बनेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइशुलेसनमा रहेका धुर्कोट गाउँपालिका ३६ वर्षिय कोरोना संक्रमितको अवस्थामा गम्भीर रहेको गुल्मी अस्पतालका डक्टर उत्तम पच्चाले बताए ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला कोरोना संक्रमण पुष्टी भएको थियो । १४ दिनदेखि आइसुलेसनमा रहेका संक्रमितको अवस्था गम्भीर बनेपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले ब्लड दिएकी छन् । २ वर्षदेखि आन्द्राको क्यान्सरबाट ग्रसित कोरोना संक्रमितको रक्त अल्पताको समस्या देखिएपछि संक्रमितकै उपचारमा खटिएकी स्वास्थ्य कर्मी सीता छन्त्यालले ब्लड दिएको डक्टर पच्चाले बताए ।

संक्रमित व्यक्तिको १४ दिनदेखि लगातार उपचारमा खटिएकी स्वास्थ्य कर्मीले संक्रमित व्यक्तिलाई बचाउनको निम्ति रगत दिएर ठूलो योगदान गरेकी छन् । तम्घासको आइसुलेसन उपचारत संक्रमितलाई थप उपचारको लागि बुटवल रिफर गरिएपनि बिबिध समस्याका कारण पठाउन नसकिएको डक्टर पच्चाले बताए ।

संक्रमित व्यक्तिको अवस्था दिनानु दिन झन जटिल बन्दै गएको डक्टर पच्चाको भनाई छ । संक्रमित व्यक्तिको २ पटक लिइएको स्वाबको रिर्पोटमा कोरोना पोजिटिभ नै आएको रेसुङ्गा नगरपालिका गुल्मीका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

बेडमा समेत संक्रमित बिरामी बस्न नसकेपछि उनलाई भुइँमा राखेर उपचार गरिएको अर्यालले बताए । संक्रमित व्यक्ति धुर्कोट गाउँपालिका अध्यक्षसँगै एकैदिन संक्रमणको पुष्टी भएको थियो । गाउँपालिका अध्यक्ष सेल्फ आइसुलेसनबाट कोरोना मुक्त बनेर आइतवार घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend