साझा नेटवर्क
काठमाडौं, जेठ २४ ।
बिस्वभरका विभिन्न मुलुकमा अध्ययनका सिलसिलामा रहेका नेपाली बिध्यार्थीहरुको वर्तमान अवस्था सम्बन्धमा संघको अन्तराष्ट्रिय कार्यसमितिका पदाधिकारीहरु, राष्ट्रिय समन्वय परिसदका अध्यक्ष्यहरु, शैक्षिक परामर्श ब्यबसायी संघका अध्यक्षहरु र अन्य सरोकारवालाहरु
बिचमा छलफल सम्पन्न भएको छ।

संघका तर्फबाट बिद्यार्थी सम्बन्धि अन्तरास्ट्रिय कार्यदलका संयोजक उपाध्यक्ष मन केसीको आयोजनामा सम्पन्न उक्त छलफलमा अध्यक्ष्य कुमार पन्तले यस आपदको घडीमा संघले आफ्ना सम्पूर्ण अन्तरास्ट्रिय र राष्ट्रिय संरचनाहरुलाई पूर्ण रुपमा परिचालन गरेको जानकारी दिनुभयो । सूचना संकलन एबम सम्प्रेसन, खाद्यान्न वितरण, कोभिड, मानसिक स्वास्थ्य र घरायसी हिम्सा सम्बन्धि हेल्प लाइन, सरकार एबम अन्य सरोकारवाला निकायहरुसँगको संयोजन लगायतका कार्यमा संघ र यसका सबै तह तप्का नियमित लागिपरेको बताउनुभयो।

नेपालका शैक्षिक परामर्स ब्यबसायीहरुक तर्फबाट विभिन्न छाता संगठनका अध्यक्ष एबम प्रतिनिधिहरुले छलफलमा भाग लिनुभएको थियो। ECAN अध्यक्ष्य प्रकाश पाण्डे, FECON अध्यक्ष युबराज कटवाल, AECA अध्यक्ष परसु राम अधिकारी, AERI Nepal अध्यक्ष द्विराज शर्मा सिवाकोटी, NECA अध्यक्ष सन्तोष प्याकुरेल, अध्यक्ष मनोज पराजुलीले बस्तुस्थिति विवरण, संस्थाले यो विपदमा गर्दै आएका गतिबिधि सम्बन्धि जानकारी दिदै यस विपदको घडीमा गैर आवासीय नेपाली संघले बिस्वभरका नेपालीहरुमाझ गर्दै आएको योगदानको उच्च मुल्यांकन गर्नुभएको थियो।
गैर आवासीय नेपाली संघका तर्फबाट संघका उपाध्यक्ष डा बद्रि के सी, प्रबक्ता डी बि छेत्री, सचिव गौरी जोशी, अस्ट्रेलिया अध्यक्ष केशव कंडेल, अमेरिका अध्यक्ष सुनिल शाह, बेलायत अध्यक्ष पुनम गुरुङले आफ्नो देसमा बिध्यार्थीहरुको अवस्थाक बारेमा जानकारी दिनुभएको थियो। यसै गरि न्युजिल्यान्डबाट राज महर्जन, नेदरल्याण्डबाट महासचिव संघर्ससिल केसी, कतार अध्यक्ष मुहम्मद मुक्तादा, रुस अध्यक्ष शिव मणि भुर्त्याल, केन्या अध्यक्ष सुरज डुम्रेले आफ्नो देशमा रहेका बिध्यार्थीहरुको बस्तुस्थितिका बारेमा प्रकाश पार्नु भएको थियो ।
छलफल बिसेष गरि विभिन्न देसमा नेपाली अन्तरास्ट्रिय बिध्यार्थिहरुका समस्या, वर्तमान बस्तुस्थिति, संघ संस्था हरुको वर्तमान गतिबिधि, बिद्यार्थी देश फर्किने आबस्यकता, भविस्यमा गर्न सकिने गैर आवासीय नेपाली संघ र छाता संगठनहरु बिच सहकार्यको सेरोफेरोमा केन्द्रित रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend