logo
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्दको निर्देशनमा “दैव कसम कोरोनाको” सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, जेठ २४ ।
बरिष्ट समाजसेवी रन्जना दाहालको आवाजमा संदेशमुलक गित “दैव कसम कोरोनाको” म्युजिक भिडियो सार्वजनिक छ । स्वर तथा शब्द रन्जना दाहालको रहेको गीतमा शिशिर भण्डारीको लय संगीत र कुशल सिंहको एरेन्ज रहेको छ ।

फोटो फिरिममाको लयमा बरिष्ट समाजसेवी रन्जना दाहाल समसामाहिक बिषय बस्तु तथा कोरोना भाईरसको बिरुद्ध मानब र मानबियताको लागि जनचेतना मुलक गीतको म्युजिक भिडियो लिएर आएकी हुन् । संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोलाइ महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा रन्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाइ फिचर्ड गरिएको छ । कोभिड-१९ ले गर्दा लाखौं नेपालीहरु भोक भोकै मर्ने अवस्था आएकोले गर्दा मानव सेवा नै सबै भन्दा ठुलो धर्म भएको र सेवा भावमा समर्पित भई एकजुट भएर अगाडि बढ्न उनले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छिन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend