logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी जिल्लाको पहिलो सामुदायिक रेडियो स्काईमा आज देखि स्काई लोकआईडल सञ्चालक हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी जेठ २४ ।

गुल्मी जिल्लाको पहिलो सामुदायिक रेडियो स्काईमा आज २४ गते शनिवार देखि विहानी स्काई लोकआईडल सञ्चालक हुने भएको छ । विहानी म्यूजिक सोलुसन काठमान्डौको मुख्य प्रायोजक सप्तक फिलिम्स प्राली बुटवल को प्रायोजक प्रेम राना र सुबास बोगटीको सह प्रायोजकमा हुने विहानी स्काई लोक आईडल सञ्चालन रहनेछ । जसमा प्रथम हुनेले अडियो भिडियो रेकर्ड गर्न पाउनु छ त्यस्तै गरि दोश्रो हुनेले अडियो रेकर्ड गर्न पाउनु हुनेछ भने तृतीय हुनेले नगद रु ३,०००/- र प्रमाणपत्र प्राप्त गर्न सक्ने छन् ।

जसको लागि सामुदायिक रेडियो स्काई को फोन नं. ०७९५२०७४० मा सम्पर्क गरी जानकारी लिन सक्नु हुनेछ । यो आईडल विशुद्ध नेपाली लोक संगीतलाई माया गर्ने र लोकपारखी मनहरुको मात्र लागि रहेको हो । जुन आईडल विभिन्न विधाहरुमा नभई लोक बिधामा रहने भएको हो। हरेक हप्ताको शनिवार विहान ९:१५ देखि सञ्चालन हुने कार्यक्रम गाँउबेशीका लोकभाका को बसाईमा रहनेछ भने यो आईडल करिब ६ महिनाको अवधि सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend