logo
  • मंगलबार, असोज १३ २०८३

मुसिकोटमा क्वारेन्टाइमा बस्नेहरुका लागि नमुना बाल क्लबद्धारा माक्स र सेनिटाइजर वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सूर्य सुनार,गुल्मी जेठ २१ ।

मुसिकोटमा क्वारेन्टाइनमा बसेका ३२ जना लाई नमूना बाल क्लबले माक्स,सेनिटाइजर वितरण गरेको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा नमूना बाल क्लब द्धारा पृथ्वी माध्यामिक विद्यालयको क्वारेन्टाइमा बसेका व्यक्तिलाई माक्स ,सेनिटाइजर वितरण गरिएको नमूना बाल क्लबकी सचिब अनिता सुनारले जानकारी दिनुभयो ।

साथै क्लबले क्वारेन्टाइनमा बसेका ३२ जनालाई १ दिनको नास्ता पनि दिइएको क्लबकी सल्लाकार तथा समाजसेवी रुपा विश्वकर्माले बताउनुभयो । कोरोना भाइरसको कारणले गर्दा भारत बाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई थोरै भए पनि क्लबले सहयोग गरेकोमा क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु खुशि व्यक्त गरेका थिए । क्लबले क्वारेन्टाइमा बसेका व्यक्तिहरुलाई मनोरञ्जन गर्नका लागि आज क्लबले आवाश्यक सामग्री पनि उपलध्ध गराएको क्लबकी सहसचिब सुस्मिता विश्वर्माले बताउनुभयो ।

क्लब आफैमा सानो भए पनि काम भने समाजमा नमूना योग्य गरेको र यो विपत्तको समयमा सानो सहयोग भए पनि ठूलो भएकोे भन्दै समाजसेवी तथा सल्लाकार पशुपत्ति विश्वकर्माले धन्वाद दिनुभयो । क्लबले यस अघि बालबालिकाको क्षेत्रमा ४०० पिस माक्स वितरण गरिसकेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend