logo
  • मंगलबार, असोज १३ २०८३

बिदाई हुँदै गर्दा पाण्डेले भने ‘सेवामा अझै परिष्कृत रूपमा खट्ने छु’


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी जेठ २१ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एमब् सूचना अधिकारी लक्ष्मण पाण्डेको बदाई गरिएको छ । गुल्मीदरबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भइ सरुवा भएका पाण्डेलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायत सुरक्षा निकाय प्रमुख, कर्मचारीहरुले बिदाई गरेका हुन् ।बिदाई कार्याक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे गुल्मीदरवार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएकोमा बधाई ज्ञापन गरेका थिए । उनले नयाँ जिम्मेवारी सफलतापूर्बक सम्पन्न होस भनी शुभकामना ब्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी शर्माले पाण्डे यस कार्यालयमा कार्यरत रहदा जिल्ला प्रशासन कार्यालय गुल्मीको कार्य सम्पादन स्तर उच्च बनाउन र नमूना कार्यालय निर्माण गर्न गरेको योगदानको कदर गर्दै उहाँको उज्वल भबिष्य र प्रगतिको कामना गरेका थिए ।

बिदाई भएका पाण्डेयले २ वर्ष ९ महिना जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृतको रूपमा काम गर्दा सहयोग गर्नुहुने माननीयज्यूहरू, जिसस प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यूहरू (कृष्णप्रसाद ढुङ्गाना, गोपालप्रसाद अर्याल, कौशलराज तिमल्सिना, यदुनाथ पौडेल, कोशहरि निरौला, भरतकुमार शर्मा)लाई हार्दिक धन्यबाद र आभार प्रकट गरे । उनले कार्यालयका सहकर्मी साथीहरु, जिल्लामा कृयाशिल राजनीतिक दलका पदाधिकारीज्यूहरू, जिल्लास्थित सबै कार्यालयका प्रमुखज्यूहरू तथा सम्पूर्ण कर्मचारी साथीहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु, १२ वटै स्थानीय तहका प्रमुखरअध्यक्षज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्युहरु, जिल्लामा कृयाशिल विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा कर्मचारीज्यूहरू, जिल्लाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, पत्रकार एवं संचारकर्मीज्यूहरु, आम गुल्मेली आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरू एवं मेरो शुभ चाहने मेरा प्यारा शुभचिन्तकज्यूहरुलाई हार्दिक धन्यबाद दिए ।जिल्लामा रहदा आम नागरिकहरूको सहज सेवा उपलब्धताको लागि जनतालाई केन्द्रमा राखेर हरपल कार्यगरिरहे, जनताको सन्तुष्टी र खुसीलाई केन्द्रमा राखी पारदर्शिता, ईमान्दारीता, जवाफदेहीता, तटस्थता, सदाचारिता, निष्पक्षता लाई मूलमन्त्र मानी राष्ट्र सेवामा समर्पित भई कार्य सम्पादन गर्दा छुट्टै आनन्द महशुषको अनुभूति पाउदा आफूलाई गौरवान्वित ठानेको उल्लेख गरे । जिल्ला प्रशासन कार्यालयमा रहदा विधुतिय सुशासन, गृह प्रशासन, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, कोभिड(१९ रोकथाम नियन्त्रण, समन्वय र सूचना प्रवाह, जिल्ला सुरक्षा समितिमा प्रत्यक्ष सहभागी भै तोकिएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्न पाउँदा सुखद अनुभूति गरेको प्रशासकीय अधिकृत पाण्डे बताए । सुशासन र सेवा प्रवाहलाई अझै परिष्कृत गराउने इच्छा हुदाहुदै पनि विशेष परिस्थिति सृजना गराइएका कारण सेवामा समर्पित हुन नपाउदा दुख लागेको उल्ले गरे ।

जिल्लाबासीको सेवामा अझै परिष्कृत रूपमा खट्नेनै बताए । आगामी दिनमा जनताको सेवा प्रवाह र सुशासनमा अझै ईमानदारपुर्वक खटिरहने प्रण गरे । पाण्डेले सरुवा भइ गुल्मीदरबार गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा रही सुशासन, सेवा प्रवाह, सार्वजनिक प्रशासन, विकास प्रशासन मार्फत राष्ट्र सेवामा समर्पित हुनको लागि हजुरहरूको सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend