logo
  • मंगलबार, असोज १३ २०८३

पाल्पामा आइसोलेसनमा रहेका एक व्यक्तिको निधन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

पाल्पा, जेठ २० ।
पाल्पामा आइसोेलेसनमा उपचार गराइरहेका एक पुरुषको मंगलबार निधन भएको छ । पूर्व खोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको निधन भएको हो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका उनको आज मध्यान्ह साढे १२ बजे निधन भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराइले बताए ।

सास फेर्न गाह्रो हुने, पेट फुलिने, सुक्खा खोकी लाग्ने र खकारमा रगतसमेत देखिएपछि उनी सोमबार बिहान मिसन अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । भट्टराइका अनुसार मृतकको दिशुवामा कोरोनाका केही लक्षण देखिएको थिया । तर अहिले सबै भन्न सकिने अवस्था छैन । पीसीआर विधि मार्फत स्वाब परीक्षणको लागि भैरहवा प्रयोगशालामा पठाइएको उनले बताए ।

रिपोर्ट आएपछि कोरोना भाइरस वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे खुल्ने भट्टराइले बताए । उनी आइतबार नेपाल भारतबीचको सुनौली सीमा नाका हुँदै पाल्पा आइपुगेका थिए। भारतको मुम्बईबाट फर्किएका उनी आइतबार राति नै पूर्वखोला गाउँपालिकाको जल्पास्थित शम्भु माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

राति पुगेका उनलाई बिमारीले च्यापेपछि अर्को दिन बिहानै मिसन अस्पताल पठाइएको गाउँपालिकाका प्रवक्ता निरबहादुर सारूले बताए । शव अहिले मिसन अस्पतालमै छ । पीसीआर रिपोर्ट नआउँदासम्म शव त्यहीँ रहने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend