logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा कोरोनाबाट सङ्क्रमित हुने ६० हजार नाघे, ३६ हजारले लिए स्वास्थ्य लाभ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल,दोहा कतार l

पछिल्ला दिनहरूमा कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्ने हरुको बढे सँगै यहाँका नगारिकहरुमा खुसीको थप आशा पलाएको छ l स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २५९९ जनाले स्वास्थ्य लाभ गरे सँगै कुल सङ्ख्या ३६ हजार०३६ पुगेको हो l ५१७९ जनामा गरिएको परीक्षणमा १८२६ जनामा सङ्क्रमण देखिएको छ l

२४,५९ र ६२ वर्षीय नागरिकको मृत्यु भएको छ l भाइरस बाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ६० हजार २५९ पुगेको छ l कुल २ लाख ३१ हजार ०९८ जनामा कोरोनाको परीक्षण गरिएको छ l ती मध्य १५०४ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेनटिनमा राखिएको छ भने २२० जनालाई अस्पताल भर्ना गरिएको छ l थप २० जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३९ पुगेको छ l २४ हजार ९५६ जनाको उपचार चलिरहेको छ l

नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ l ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा १ जनाको कोरोनाको कारण ज्यान गएको छ l स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend