logo
  • शनिबार, साउन ३० २०८३

गजल : कोरोना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

✍️कृष्ण पन्थी रेसुङ्गा नगरपालिका २ गुल्मी

चाइनबाट फैलिएको कोरोनाले मार्यो हजुर् !
विश्व आज यसबाट नराम्ररी हार्यो हजुर !!

हिंड्न हुन्न आजकाल बाहिर फेर मन लागि !
सर्ने रोग कोरोनाले आक्रान्तनै पार्यो हजुर !!

बाटोघाटो भेट भे नमस्कार चल्छ अचेल !
आफन्तको घर पनि कोरोनाले बार्यो हजुर !!

कोभिड-१९ फैलिएको धेरै पनि भाको छैन !
तर पनि सयौं देशको अस्तित्वनै झार्यो हजुर !!

                                               ✍️कृष्ण पन्थी
                                    रेसुङ्गा नगरपालिका-२, गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend