logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा थप १ जना कोरोना संक्रमित


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China

अनिल खत्री, गुल्मी जेठ १९ ।
गुल्मीमा एक जना कोरोना संक्रमित पुष्टी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० सिमीचौर का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पुष्टी भएको हो । गत जेठ १० गते भारतबाट आएका ति व्यक्ति जिल्ला सदरमुकाम तम्घासमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा रहेको बेला उच्च ज्वारो आएपछि जेठ १६ गते स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । संकलित स्वाबमा कोरोना भाइरस पोजिटिभ आएको रेसुङ्गा नगरपालिका स्वास्थ्य संयोजक बोम आर्यलले बताए । संक्रमित व्यक्तिको जिल्ला सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा राखेर उपचार भइरहेको र स्वास्थ्य अबस्था सामान्य रहेको अर्यालले बताए ।

सोमबार नै जिल्लामा कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना दाङ्गको तुल्सीपुर नगरपालिका घर भएका ३१ वर्षिय ओबिकिरण डाँगी संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उनलाई कोरोना संक्रमणबाट मृत्यु भएका जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षिय शिक्षकको कन्ट्रयाक्ट टे«सिङ्ग क्रममा भएको पिसिआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

जिल्लामा हालसम्म अरु २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जिल्लाको धुर्कोट गाउँपालिका प्रमुख र अर्का भारतबाट आएका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend