logo
  • शनिबार, भाद्र २० २०८३

सामयिकि सहनशीलता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-कृष्ण पन्थी ।
सहनशीलता भनेको एउटा यस्तो महत्वपूर्ण चिज हो जुन सहन सक्ने एउटा अनुपम र अद्भुत गुण हो । मान्छेको जीवनमा हरेक प्रकारका उतारचढाव, दु:ख कष्ट, क्रन्दन, पीडा आदि आपत विपत हरु आइपर्ने गर्दछन । लाग्छ वास्तवमै यी दु:खद अवस्था सहन कठिन हुने गर्दछ मान्छेलाई ।

त्यसो त कुनै समयमा कसैले अनाहकमा गाली गलौज दिन्छ विभिन्न किसिमका आरोप, प्रत्यारोप र फोस्रो लान्छना लगाउन पछि पर्दैन मान्छे । र त आजको २१औं शताब्दीको मान्छेमा कुनै किसिमको मानवता छैन । खैर जे होस दैनिक ब्यवहारमा कहिले कुन चिजको अभाव कहिले कुन चिजको महङ्गी त त्यसैमाथी पनि गरिबीको पीडा पनि असह्य हुने गर्दछ मानव जीवनमा ।

यद्यपि सज्जन र सहनशील मान्छे भने यी सबै समस्याहरु लाई सहजै आत्मसात गर्दै अगाडि बढ्ने गर्दछ । भनिन्छ नि हरेक समस्याको समाधान आफै भित्र हुन्छ त्यसैले पनि सज्जन मान्छे धैर्य गर्न सक्छ । रत उ कदापी हतोत्साहित हुदैन हरेक समस्यासंग प्रत्येक पलमा सहन्शिलता अपनाइरहेको हुन्छ समस्याका विरुद्ध ।

हो मान्छे उत्तेजनामा आउछ, रिसाउछ, अलाप, बिलाप गर्छ कुनै घटना वा भैपरी तथा बिपत्तिको बेलामा । तर … जो दयालु, सहृदयी छन अनि जसमा दया-माया, क्षमा, सद्भाव आदि गुण बिध्यमान छन उसलाइ कदापी रिस उठ्दैन । जस्तोसुकै तुच्छ एबम घृणाका कुराहरु श्रवण गरेपनि उ त्यसप्रती कुनै वास्ता नगरि शालीन र शान्त हुन्छ ।

त्यसो त उ सानोतिनो घटना र समस्यामा उत्तेजित पनि हुदैन उसले हतपतको काम लतपत भने झैं हतारमा कुनै कुराको पनि निर्णय लिदैन । तसर्थ विपत्तिमा धैर्य धारण गर्ने र आफ्नो सफलता र समृद्धिमा नमातिनु नै श्रेयश्कर हुन्छ । जो महापुरुष हुन्छ उसमा धैर्यता र शहनशीलता हुन्छ ।

सहनशील व्यक्ति कसैको ईर्ष्या, द्वेष र डाह गर्दैन । उ अरुको सफलतामा खुशी हुन्छ् र विपत्तिमा सहयोग एबम सद्भाव प्रकट गर्दछ । साथै उसले सदैव अरुको भलो सोची रहेको हुन्छ । अनि त आफुमा आइ पर्ने दु:ख कश्ट र पीडा हरुलाइ हमेशा सहन तत्पर हुन्छ र त उ कसैलो नजरमा कहिल्यै नराम्रो बन्न सक्दैन ।

तसर्थ सहनशीलता नै मानिसको एक महान गुण हो । वास्तवमा सबै व्यक्तिमा यस्तै प्रबृत्ति हुने हो भने अवस्य समाज र राष्ट्र शुखी हुन्थ्यो कि, एकपटक सोचौ त ?

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend