साझा नेटवर्क
अनिल खत्री,गुल्मी जेठ १९ ।
गुल्मीका कोरोना संक्रमित एक जना निको भएर घर फर्केका छन् । कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना दाङ्गको तुल्सीपुर नगरपालिका घर भएका ३१ वर्षिय ओपबहादु डाँगी संक्रमित निको भएर डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
एक सता अघि कोरोना पोजिटिभ देखिएर भर्ना भएका उनलाई सोमबार डिस्चार्ज गरिएको हो ।कोरोना निको भएर डिस्चार्ज भएका डाँगीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्मा, गुल्मी अस्पतालका डक्टर उत्तम पच्या, रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरायण बराल लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले डिस्चार्ज पत्र, कोरोना नेकेटिभ रिर्पोट सहित खादा, फूल दिएर बिदाई गरेका थिए ।
उनी मदाने गाउँपालिकामा बैंकमा कार्यरत कर्मचारी हुन् । डाँगीलाई कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षिय शिक्षकको कन्ट्रयाक्ट टे«सिङ्ग क्रममा भएको पिसिआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । संक्रमित व्यक्ति झण्डै १ साता अघि जिल्ला सदरमुकाम तम्घासमा बनाइएको आइसुलेसन वार्डमा भर्ना भएका थिए ।
उनको २ पटकसम्म कोरोना परिक्षणको लागि स्वाबमा कोरोना नेकेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले बताए । जिल्लामा हालसम्म अरु २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जिल्लाको धुर्कोट गाउँपालिका प्रमुख र अर्का भारतबाट आएका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनिहरुको स्वास्थ्य अबस्था समान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले बताए । जिल्लामा हाल २०३६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । जसमा १ हजार ६३ जना व्यक्तिहरु रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend