logo
  • मंगलबार, असोज १३ २०८३

भारतबाट फर्किने नेपालीको संख्या वढ्दो, क्वारेन्टाइन व्यवस्थापनमा मुसिकोटलाई चुनौती


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, गुल्मी जेठ १८ ।
गुल्मीको मुसिकोट नगरपालिकामा आइतवार राति सम्म ५ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। प्रत्येक वडा भित्रका विद्यालयहरुमा व्यवस्थापन गरि ४ सय ६५ पुरुष र ४५ महिलालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जिसिले जानकारी दिनुभएको छ। क्वारेन्टाइनमा राखिएका सवैजना भारतवाट आएका हुन्।

पछिल्लो समय भारतवाट नेपाल भित्रिनेहरुको संख्या अत्याधिक भएसँगै कोरोना भाइरसको थप चुनौती समेत थपिएको छ। नगरपालिकाले मुसिकोट राजपत्र प्रकाशित गर्दै क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ। जस अन्तरगत प्रत्येक वडा र टोल स्तरमा समेत क्वारेन्टाइन सञ्चालन गर्ने बताएको छ।

मुसिकोट नगरपालिकामा प्रत्येक टोलका विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएको छ। सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई संयोजक तोकी क्वारेन्टाइन व्यवस्थापन गरिएको छ। यसै विच वडा नं. ७ को कार्यालयले क्वारेन्टाइन व्यवस्थापन गर्न स्वयंसेवक आवश्यक परेको भन्दै खुल्ला आह्वान गरेको छ।

वडा अध्यक्ष प्रकाश काफ्लेका अनुसार ठुला राजनैतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), र नेपाली काग्रेसलाई १०÷१० जना स्वयंसेवक उपलब्ध गराउन पत्र पठाइएको छ। स्वयंसेवा गर्न चाहने क्लव, आमा समुह लगाएत सवैमा सार्वजनिक रुपमा आह्वान गरिएको छ। ७१ ओटा क्वारेन्टाइनमा ३ सय २५ वेड तयारी गरेको नगरपालिका, भारतबाट घर फर्किनेको संख्या वढ्दै गएकोले व्यवस्थापनमा चुनौती थपिएको बताएको छ।

७ वटा वडा हेर्ने प्रहरी चौकी वामीमा ८ जना प्रहरी छन् उता पौंदि अमराईमा रहेको प्रहरी चौकीले २ वटा वडा हेर्नुपर्छ। नगरपालिका भर दर्जन प्रहरीले ७१ क्वारेन्टाइन भेट्ने कुरै भएन। नेपाल सरकारले जारी गरेको मापदण्डले मेडिकल अधिकृत क्वारेन्टाइनमा हुनुपर्ने भन्छ, तर सामान्य अवस्थामा समेत नगरपालिका भर नदेखिने मेडिकल अधिकृत क्वारेन्टाइनमा पुगुन् कसरी।

अहिले पर्याप्त जनशक्ति तथा भौतिक पूर्वधार नहुनु नै कोरोना कहरको चुनौती भएको नगरप्रमुख सोमनाथ सापकोटाले बताउनु भएको छ। नगरपालिका भित्रको जनशक्तिलाई अधिकतम उपयोग गरिएको भन्दै मेयर सापकोटाले कोरोना विरुद्ध एकतावद्ध लाग्न सवैमा आग्रह गर्नुभएको छ।

आफ्नो वस्तुगत अवस्थालाई ख्याल नगरि बनाइएको मापदण्ड व्यवहारीक बन्न नसकेकोले मुसिकोट नगरपालिकाको आफ्नै कार्यविधि बनाइएको नगरप्रमुख सापकोटाले बताउनु भएको छ।


मुसिकोट राजपत्र हेर्न यहाँ क्लिक गर्नुहोस


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend