logo
  • मंगलबार, असोज १३ २०८३

क्वारेन्टाइनमा बसेका एक जनाले गरे आत्माहत्या


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी जेठ १७ ।
गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगाम स्थित आर्दश माबिको क्वारेन्टाइनमा बसेका ५६ वर्षिय चन्द्र बहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

शनिवार बिहान भारतबाट आएका ति व्यक्तिलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । भारतबाट आउनेहरुलाई गाउँपालिकाले उद्धार गरेर ल्याएर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनि हिडेका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर झुण्डीएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए । साँझ खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अबस्थामा फेला परेको न्यौपानेले बताए ।

शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरिक्ष (एसपी) खड्काले बताए । मानसिक सन्तुलन ठिन नभएको भन्ने आएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend