साझा नेटवर्क
-प्रमिला पन्थी थापा, अष्ट्रेलिया ।
धेरै अघि देखि नै गर्न मन लाएको कुरा, खोई के ले रोकेको रहेछ कुन्नी ? आज बल्ल गर्दै छु, मलाई थाहा छ धेरैले मलाई आफ्ना चिनजानहरुका लिस्टबाट डिलिट हान्ने प्रवल सम्भावना छ त, कतिले नातासम्बन्ध पर्ने रहेछ भने रिसाइकल बिनमा फाल्ने निश्चित छ । किनभने म जे कुरा गर्न लाग्दैछु त्यसमा सायद उनीहरुलाई लज्जाबोध हुन्छ ।

मेरा कुरा छिचरो लाग्छन, कारण म केटी मान्छे हुँ, नेपाली मुलकी, हिन्दु केटी ! जहाँ धर्म, सँस्कार र सँस्कृतिका नाममा मेरा लागी धेरै कुरा बर्जीत छन । तर मलाई बिग्रेकी केटी, नामाकरण हुनुमा केहि खेद छैन । कुरा आकर्षणको ! हाम्रो समाजमा हुने अधिकाँश घटनाहरु/अपराधहरु आकर्षणसँग सिधा सम्बन्ध राख्छन । बिपरित लिँगी प्रतिको आकर्षण प्रायः सबै उमेरमा प्राकृतिक हो ।
यो आफै हुन्छ, जसरी मौसम अनुसार बोटमा फूल फुल्छन । तर हामीले यसलाई दबाउँछौ, घाँटी थिचेर, त्यसपछी घुटन हुन्छ, अति भएपछी बिस्फोट ….! किशोरावस्थामा त झन उत्सुकता नै धेरै हुन्छ । आकर्षण हुन्छ, समागम को इच्छा हुन्छ । तर सँगै भयानक डर … ! किनभने परिवार र समाज जोडिन थाल्छन दुई प्राणीका बिचमा । तानातान हुन थाल्छ । जति छुटाउन खोज्छन अरुले त्यसको गुणात्मक रफ्तारमा आकर्षण र बिद्रोह पनि बढ्दै जान्छ । अनि त्यही हुन्छ जुन हुनै आवस्यक छैन ।
अलि कन्फ्युज बनाएँ सायद । सिधा भन्छु । मानौं ९/१० कक्षा मा पढ्ने केटाकेटीको बिचमा प्रेम हुन्छ (I know I know, its just adolescence/attraction) कसैले थाहा नपाउँदा सम्म त खासै फरक पर्दैन, उनीहरु मस्त हुन्छन । धेरै परको सपना पनि देखेका हुँदैन, बिहे गर्ने इत्यादि । तर जब परिवारलाई उनीहरुको बारेमा जब थाहा हुन्छ तब तनाब शुरु हुन्छ । उनिहरुले केटाकेटीको परिवार, जात, बर्ग, कुल, घराना खोई के के हो के के तुलना गर्न थाल्छन ।
उनीहरुको भबिष्य आँखा अगाडि देख्न थाल्छन र तर्सिन्छन । यो हुनै सक्दैन, भनेर रडाको मच्चाउँछन । यस्तोमा आफ्नो उत्सुकता र कौतुहलतालाई भर्खर छामछुम गर्न थालेकाहरु बाध्य हुन्छन, एक अर्कालाई गुमाउनु पर्ने भयले तर्सिन्छन । या त भाग्न या त आमा बाका अगाडि आफ्ना इच्छालाई शहिद बनाउँन बाहेक बिकल्पै देख्दैनन, उमेरै उस्तो ।
उनिहरुलाई यत्तिकै जिउन दिन सकिन्न र ? के थाहा केही समयपछी उनिहरुलाई एक अर्कासँग चित्त बुझ्दैन अनि आफै छोड्छन एक अर्कालाई । बाध्यतामा सानैमा भागेर (वा निमोठिएर) जिन्दगी भर पछुताउनु भन्दा त यहि ठिक होइन र भन्या ? बाउआमाले अहिलेको जमानामा ख्याल गर्न पर्ने कुरा भनेको यत्ति हो की आफ्नो छोराले सानैमा कसैलाई गर्भवती नबनाओस, अनि छोरीले गर्भधारण नगरोस, कुलतमा नफसोस ।
अरु कुरामा त किन बाधेर राख्नु । युवाअवस्थामा कसैप्रति आकर्षण हुनु सामान्य हो बरु जसलाई हुँदैन उसको हर्मोनमा केहि खराबी हुन पर्छ । खुरुक्क पढाईमा मात्र ध्यान दे, लब-सब गरेर समय फाल्ने होइन, भन्ने अभिभावक र शिक्षकहरुलाई मेरो सिधा प्रश्न: त्यो उमेरमा तपाईलाई कोही मन परेन ? बोलु-बोलु लाग्ने लुकि-लुकि हेरिरहुँ जस्तो लाग्ने ? आफैसँग झुटो नबोल्नुहोला प्लिज ।
अर्को छुटाउनै नहुने कुरो, आकर्षण जात, धर्म, औकात हेरेर हुने कुरा होइन । गरिने होइन आफै हुने कुरा हो । बुझम कुरो, जुनसुकै कुराको महत्व निश्चित समयाबधिका लागी मात्र हुन्छ । दाँत फुक्लेपछी भुट्या मकै घर्याम-घर्याम चपाउँछु भनेर हुन्छ र कहिं ?एकचोटी तटस्थ, शान्त र स्वतन्त्र भएर सोंचौं त स्वतन्त्र समाजमा भन्दा बाँधिएकाहरुका समाजमा अपराध बढि किन हुन्छन ? रुकुमको उदाहरण ताजै छ ।
यौनशिक्षा अत्ति आवस्यक भएको महसुस गरें है मैले त नेपालमा । रुकुम घटनाको बाहिरी कारण अन्तर्जातिय प्रेम सम्बन्ध भएपनी तथ्य र कारण खोज्ने हो भने यौन शिक्षामा उदार वा पठनपाठन नभएर नै हो । यौनलाइ हल्का रुपमा लिन नसकेर नै हो । आकर्षण र बिबाह एउटै होइन भन्ने बुझ्न नसक्नु नै हो । अन्तरजातीय सम्बन्ध कथित माथिल्लो होस वा तल्लो उत्तिकै अबरोध हुन्छ ,त्यो मैलेपनी महसुस गरेकी छु । तर जडमा यौन इच्छा प्रतिको नकारात्मक हेराइ हो ।
आजैबाट अनिवार्य यौन शिक्षाको थालनी हुने हो धेरै हद्दसम्म सामाजिक अपराध कम हुने छन । अब कसरी/के सिकाउने/शुरु गर्ने भनेर चांहि मलाई नसोध्नुहोला । म बिज्ञ होइन, यहि बिषयमा अध्यन गरेका बिज्ञहरुले सुझाउन भन्ने अपेक्षा हो । नै गर्न मन लाएको कुरा, खोई के ले रोकेको रहेछ कुन्नी । आज बल्ल गर्दै छु । मलाई थाहा छ धेरैले मलाई आफ्ना चिनजानहरुका लिस्टबाट डिलिट हान्ने प्रवल सम्भावना छ त कतिले नातासम्बन्ध पर्ने रहेछ भने रिसाइकल बिनमा फाल्ने निश्चित छ ।
किनभने म जे कुरा गर्न लाग्दैछु त्यसमा सायद उनीहरुलाई लज्जाबोध हुन्छ । मेरा कुरा छिचरो लाग्छन, कारण म केटी मान्छे हुँ, नेपाली मुलकी, हिन्दु केटी ! जहाँ धर्म, सँस्कार र सँस्कृतिका नाममा मेरा लागी धेरै कुरा बर्जीत छन । तर मलाई बिग्रेकी केटी नामाकरण हुनुमा केहि खेद छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend