logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा एकै दिनमा ५२०५ जनाले गरे स्वास्थ्य लाभ, थप ३ जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार ।
कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन । मन्त्रालयले पछिल्लो २४ घन्टाको बिबरण सार्वजनिक गर्दै ५२०५ जनाले स्वास्थ्य लाभ गरेको जनाएको छ । यो संगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या २० हजार ६०४ पुगेको छ ।

भाईरसबाट थप ३ जनाको मृत्यु भएको जनाएको छ। आज मृत्यु हुनेहरु ४८,६५ र ८४ वर्षीय रहेका छन् । यो संगै कतारमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५८६४ जनामा गरिएको परीक्षणमा नयॉ १९९३ जनामा भाइरस सङ्क्रमण देखिएको छ । कतारमा संक्रमितहुनेहरु मध्य आजको संख्या उच्च हो । कुल सङ्क्रमितको सङ्ख्या ५२ हजार ९०७ पुगेको छ भने ३२ हजार २६७ जनाको उपचार चलिरहेको छ ।

१६१२ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २४६ जनालाई अस्पताल भर्ना गरिएको छ l थप २० जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २१६ रहेको छ । कुल २ लाख १२ हजार ८९७ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ ।

केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृदि भैरहेको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend