logo
  • मंगलबार, असोज १३ २०८३

नेपालमा कोरोना संक्रमित संख्या बढ्दो, रौतहटमा ५६ जना भेटिए


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

रौतहट, जेष्ठ १६ ।
रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले पनि काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण फेला परेको बताएको छ । प्रजिअ घिमिरेले शुक्रबार संक्रमण देखिएका सबै हालै भारतबाट फर्किएका व्यक्ति भएको र उनीहरु क्वारेन्टाइनमा बसिरहेको बताए ।

उनले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आफूले पाएको पनि बताए । रौतहटका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा भारतबाट फर्किएका झण्डै ४ हजार ५ सय जना छन् । क्वारेन्टाइन बनाउने विषयमा नै रौतहटमा बिहीबार र शुक्रबार प्रशासनसँग स्थानीयको झडपसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend