logo
  • शनिबार, साउन ९ २०८३

कतारमा स्वास्थ्य लाभ गर्नेको संख्या १५ हजार नाध्यो, थप ३ जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

तिलु शर्मा पौडेल, कतार ।
कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन । मन्त्रालयले पछिल्लो २४ घन्टाको बिबरण सार्वजनिक गर्दै २११६ जनाले स्वास्थ्य लाभ गरेको जनाएको छ । यो संगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या १५ हजार ३ सय ९९ पुगेको छ ।

भाईरसबाट थप ३ जनाको मृत्यु भएको जनाएको छ । आज मृत्यु हुनेहरु २५,५० र ८१ वर्षीय रहेका छन् । यो संगै कतारमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८५३ जनामा गरिएको परीक्षणमा नयॉ १९६७ जनामा भाइरस सङ्क्रमण देखिएको छ । कतारमा संक्रमितहुनेहरु मध्य आजको संख्या सबैभन्दा उच्च हो ।

यससंगै सङ्क्रमितको सङ्ख्या ५० हजार ९ सय १४ पुगेको छ भने ३५ हजार ४ सय ८२ जनाको उपचार चलिरहेको छ । १६०८ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २६१ जनालाई अस्पताल भर्ना गरिएको छ । थप २३ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २१४ रहेको छ । कुल २ लाख ७ हजार ३३ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ ।

केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृदि भैरहेको छ l स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ l भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend