logo
  • मंगलबार, असोज १३ २०८३

हावाहुरीले विध्यालयकाे छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा चुनाैति


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी जेठ १४ ।
गुल्मीमा हावाहुरीले विध्यालयकाे छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा चुनाैति थपिएकाे छ । जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचाैर प्राथमिक विध्यालयमा बिहिबार भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नकाे लागि ४ वटा काेठामा क्वारेन्टाइन बनाइएकाे थियाे ।

दिउँसो आएकाे हावाहुरीले विध्यालयकाे तीन काेठे भवनकाे छाना उडाएकाे हाे । यसरी छाना नै उडाएपछि भारतबाट अाउनेहरूकाे व्यवस्थापन चुनाैतिपूर्ण बन्दै गएकाे उक्त विध्यालयका क्वारेन्टाइन व्यवस्थापन समितिका संयाेजक बाबुराम पन्थीले जानकारी दिनुभयो । उनीहरूकाे लागि आवश्यक पर्ने बेडका कपडा समेत पानीले भिजेकाेले थप समस्या भएकाे पन्थीले बताउनुभयाे ।

हावाहुरीसँगै आएकाे पानीले विध्यालयका महत्त्वपूर्ण कागजपत्र, बाल विकासका विभिन्न सामग्रीहरू, खेलाैनाहरू लगायतका सामग्रीमा क्षति पुर्याएकाे छ । भारतबाट आउनेहरूकाे व्यवस्थापन चुनाैतिपूर्ण हुने भन्दै अन्य ठाँउमा राख्नेबारे छलफल भइरहेकाे इस्मा गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend