logo
  • मंगलबार, असोज १३ २०८३

मुसिकोट नगरपालिकामा भारतबाट आएका ४० जना विद्यालयको क्वारेन्टाइमा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सूर्य सुनार, गुल्मी जेठ १३ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा भारत बाट आएका ४० जना लाई विभिन्न विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस तथा कोडिड १९ का कारण भारतमा रहेका नेपाली लाई नगरपालिकाले उद्धार गर्ने काम गरे संगै उनीहरु लाई वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा राखिएको हो ।

पृथ्वी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा ३१ जना , पेगा निम्न माध्यामिक विद्यालयको क्वारेन्टाइनमा ७ जना , तोलादी प्राथामिक विद्यालयमा २ जना लाई विद्यालयको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष कर्णध्वज जिसीले जानकारी दिए । क्वारेन्टाइनमा बस्नेहरुको लागि नगरपालिकाले खानपानको व्यवस्था नगरेको तर उनीहरुलाई १ दिनको खाना बराबर २५० नगरपालिकाले व्यवस्थापन गर्ने भएको वडा सदस्य शकंर रायमाझीले बताए । विभिन्न विद्यालयको क्वारेन्टाइनमा बसेका व्यतिmहरुका लागि सुरक्षा दिनका लागि नगरपालिकाले स्वंयमसेवक खटाएको छ । उनीहरुलाई १ दिनको पारिश्रमिक ५ सयका दरले दिइने वडा सदस्य शकर रायमाझीले बताए ।

नगरपालिकामा भारत बाट आउने दर तिब्र रहेकाले हामीहरुले वडा कार्यालयले बनाएको विद्यालयको क्वारेन्टाइनमा राखिने आगामी योजना बनाएको वडाध्यक्ष कर्णध्वज जिसीले बताए । साथै कोरोना भाइरस तिब्र रुपमा फैलिएको हुदाँ यस समयमा सचेत हुन पनि वडा अध्यक्ष जिसीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend