logo
  • मंगलबार, असोज १३ २०८३

गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,गुल्मी जेष्ठ १३ ।

गुल्मीको १ स्थानीय तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनि गाउँपालिका अध्यक्ष भएको बताइएको छ । लकडाउनका समयमा उनि नेतृत्वकर्ता भएका कारण पालिकाको गतिबिधीमा सक्रिय थिए । पालिकामा जाने आउने र गाउँमा समेत आउने जाने गरेका कारण अहिले उक्त पालिकाका गाउँभरी कोरोनाको त्राश बढेको एक स्थानीयले बताए ।

गुल्मी जिल्लामा १२ वटा स्थानीय तह रहेका छन् । त्यहाँका अर्का एक भारतबाट आएका व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएकामध्ये १ गुल्मीका जनप्रतिनिधि रहेका हुन् ।

जिल्लामा थप २ जनामा कोरोना पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend