logo
  • शनिबार, भाद्र २० २०८३

वार्ताद्वारा सिमा विवाद टुङ्ग्याउनु पर्छ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देवजल ठकुरी

..✍️ देवसिंह सेन ठकुरी

भारत र नेपाल विचकाे सिमा विवाद वार्ताद्वारा टुंगोमा पुराउनु बाहेक हामीसँग अन्तर्राष्ट्रिय अदालत जाने अर्को बिकल्प पनि रहेकाे छ । तर ती दुई विकल्प मध्ये वार्ता नै उत्तम विकल्प हो । अन्तर्राष्ट्रिय अदालत वार्ता भन्दा जटिलत हुनुका खास कारण यी हुन् ।

– नेपालकाे यु एन मा कमजोर उपस्थिति हुनु
– विश्वमा भारतको उपस्थिति बलियो हुनु
– अर्न्तर्राष्ट्रिय अदालत जान नेपाल र भारत दुवैको सहमति चाहिनु ।
– भारतले कुनै हालतमा स्वीकार नगर्नु ।

त्यसकारण वार्तामा नै उत्तम विकल्प हाे । त्यसको लागि भारतलाई वार्तामा अाउने वातावरण बनाउन अन्तर्राष्ट्रियस्तरमै दबाब सिर्जना गर्नुपर्छ । भारतीय जनतामा त्यो भूमि नेपालकै हाे भन्ने सकारात्मक प्रभाव पार्नुपर्छ । नेपालसँग भएका सम्पूर्ण प्रमाण सहित बलियो भई आँखामा – आखाँ जुधाएर भारतसँग कालापानी लिपुलेक र लिम्पुयाधुरा नेपालकाे हाे भन्ने बलियो अाधार पेस गर्नुपर्छ । सुगौलीसन्धी नै सबैभन्दा जेठो प्रमाण भएकोले नेपालकाे पक्षमा फैसला हुनुपर्छ र भारत पनि स-सम्मान नेपाल भूमि छाेडेर जानुपर्छ ।

नेपालकाे २०३२ साल अगाडिको नक्सा एउटा अर्काे दरिलाे प्रमाण हो । जसलाई हामीले प्रमाणको रुपमा छुटाउनै हुँदैन ।

किन राख्यो ? भारतले कालापानीमा सेना

सन १९६२ मा भारत र चीनबिच युद्ध भयो र भारतले कालापानी सहित अन्य सत्र ठाउँमा सुरुक्षा चेक पाेष्ट राख्यो । भारतले चिनको बढढो प्रभावलाई रोक्न सेना राखेको थियोे ।तत्कालीन राजा महेन्द्रले २०१७ साल पाैष १ गते नेपालमा कु गरिएकाे एक दलिय शासनको भारतले समर्थन गर्ने र त्यसको बदलाका नेपालले कालापानीमा निश्चित समयको लागि सेना राख्ने अनौपचारिक सहमति भएको हो । त्यसकारण २०१९ सालदेखि कालापानीमा भारती सेना बसिरहेको छ । भारतीयले सरकारले नेपाली भूमि कब्जामा राख्नुको खास कारण नखुले पनि कुर्सीको लागि भुमिसँग पहिलेका शासकहरु साैदावाजी गरेका र त्यसैकाे बलमा हेप्न थालिएको मानिन्छ ।

किर्तिनिधि बिष्टकाे पालामा नेपालले चिठि लेखेर सत्र ठाउँबाट चेकपोस्ट हटाएपनि कालापानीबाट भने हटाएकाे छैन् । २०३२ साल पछि किन नेपालकाे नक्सामा कालापानी ,लिपुलेक र लिमपुयाधुरा हटाउनु पर्याे । त्यो खाेजिनिति हुनुपर्छ । जे नहुनु भयाे अब हामीले अाफ्नाे भूमिमा पाइला टेक्न पाउनुपर्छ । हल्ला गरेर हाेइन प्रमाण जुटाइ गुमेको माटाे फिर्ता लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend