logo
  • शुक्रबार, असोज ९ २०८३

कोरोना कहर र छिमेकिको अतिक्रमण विरुद्ध गोर्खालीहरुको देशभक्ति गित “उठ नेपाली जुट नेपाली”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कविराज ढकाल , गोरखा ।
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बेलामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेको सन्दर्भको विषयबस्तुलाई नेपाली कलाकारहरुले गीत मा ऊटाएका छन् ।

यसै सन्दर्भमा गोरखाका चर्चित लोक दोहोरी गायक , राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखा जिल्लाका सचिव , गायक हरिराम परियारले राष्ट्रभक्ति गित लिएर आएका छन् । आफ्नै लय शब्द संकलनमा रहेको गितमा स्वर पनि हरिरामको नै रहेको छ । वर्तमान समय परिस्थितिलाई टपक्क टिपेर उनको गितमार्फत प्रस्तुत गरेका छन् ।

उक्त राष्ट्रभक्ति गित “उठ नेपाली, जुट नेपाली” परियारले आफ्नै अफिसियल युटुबच्यानलबाट सार्वजनिक गरेका हुन् । सबैले यो च्यानल पनि सस्क्राईभ गर्दिनुहोला । उक्त गितको अडियो भिडियो पुनम रेकडि्ग स्टुडियोले गरेको छ ।

गितको भिडियो हेर्नहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend