logo
  • मंगलबार, असोज १३ २०८३

सिवाइसि नेपालद्वारा गाउँपालिकाको प्रकोप व्यवस्थापन खातामा २० हजार रकम जम्मा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ जेठ ११ ।
सिवाइसि नेपाल लघुवित्तिय संस्था लिमिटेड खर्वाङ शाखाको तर्फवाट बडिगाड गाउँपालिकाको कोरोना प्रकोप व्यवस्थापनको लागि संस्थागत १५ हजार तथा शाखाका कर्मचारीहरुको तर्फवाट ५ हजार गरि २० हजार रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजालाई रकम हस्तान्तरण गर्दै संस्थाका प्रवन्धक सुवास नेपालीले विपद्मा सवैको सानो सहयोगले पनि धेरै काम गर्न सक्ने भन्दै आफ्नो संस्था र व्यक्तिगत रुपमा समेत सहयोग गरिएको बताउनु भएको थियो।

सहयोग वुझ्दै गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले सहयोगको लागि आभार व्यक्त गर्नुभएको थियो। निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको सिवाईसि लघुवित्त वित्तिय संस्थाले आफ्ना ऋणि सदस्यहरुको बैसाख, जेठ र असार महिनाको किस्ता तिर्दा ३ प्रतिशत व्याज मिनाहा गर्ने व्यवस्था गरेको प्रवन्ध सुवास नेपालीले जानकारी दिनुभएको छ।

सो रकम हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, उपध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाचन्द्र सुवेदी लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको पत्रकार कमल पौडेलले सहजिकरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend