logo
  • मंगलबार, असोज १३ २०८३

भारतबाट आएका ८०२ जना अर्घाखाँचीका विभिन्न पालिकाका क्वारेटिनमा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अर्घाखाँची जेष्ठ १०।
अर्घाखाँचीमा पनी तेस्राे मुलुक (भारत)बाट आउनेकाे संख्या दिन प्रतिदिन बढ्दै गएकाे छ । आफ्ना पालिका भित्रका मानिसहरूलाइ आफ्नाे ठाउँमा ल्याउनका लागि स्थानीय सरकार प्रमुख र वडा अध्यक्षा नेपाल भारत सिमाना कृष्णनगर र सुनाैलि पुगेका छन् ।

त्यसैगरी सन्धिखर्क नगपािलकाकाे क्वारेन्टाईनमा ११७, शीतगंगा नगरपालिकाकाे क्वारेन्टाईनमा २२० जना, भुमिकास्थानको क्वारेन्टाईनमा २३३ जना, पाणिनीको क्वारेन्टाईनमा १८ जना, मालारानीको क्वारेन्टाईनमा १६६ जना र छत्रदेवको क्वारेन्टाईनमा ४८ जना रहेको कुरा सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयाे ।

अधिकाशं क्वारेन्टाईन रहेका मानिसहरु भारतबाट नै आएका हुन भने भारत बाहेकका ३/४ जना मात्रै छन । अर्घाखाँचीका स्थानिय सरकारहरु भारतबाट आउँने मानिसहरुको व्यवस्थापनमा कार्यमा लागेकाे कुरा अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend