साझा नेटवर्क
अर्घाखाँची, जेष्ठ १० ।
काेराेना भाइरसको जोखिमलाई मध्य नजर गर्दै अर्घाखाँची जिल्लामा रहेका बैंक तथा वित्तिय संस्था हप्ताको २ दिन खुल्ने भएका छन् । जिल्ला प्रशासनद्वारा हिजो निकालिएको सुचनामा जिल्लामा रहेका बैंकहरु पालो-पालो सिस्टममा हप्तामा २ दिन खोल्न सकिने जनाएको हो ।
त्यस्तै विमा कम्पनीहरु लघुवित्त तथा अन्य वित्तीय कारोबार गर्नेसहकारी सस्थाले प्रशासनमा जानकारी गराई आफै सुचना टाँसी हप्तामा २ दुई दिन संचालन गर्न पाउने बताइएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend