logo
  • मंगलबार, असोज १३ २०८३

आगलागीबाट घरगोठ नष्ट हुने परिवारलाई रेडक्रस खर्वाङद्वारा राहत प्रदान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ्ग जेठ १० ।
नेपाल रेडक्रस सोसाइटी दगातुन्डाडा उपशाखा खर्वाङले बुधवार आगलागिबाट घर नष्ट भएको परिवारलाई राहत वितरण गरेको छ। घरगोठ नै जलेर पूर्ण रुपमा नष्ट भएको बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर कि राधिका रानाको परिवारलाई एउटा त्रिपाल, १ बोरा चामल, २ केजि दाल, १ लिटर तेल र १ केजि नुन हस्तान्तरण गरिएको हो।

रेडक्रस उपशाखाका सभापति होमनाथ अर्याल, वडा अध्यक्ष ढाल प्रसाद शेरचन ले पिडित राधिका रानालाई राहत सामाग्रि हस्तान्तरण गर्नुभएको थियो। जेठ ७ गते राति भएको आगलागिबाट घरगोठ जल्दा २ लाख ४५ हजार बरावरको क्षती भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend