साझा नेटवर्क
२०७७ जेष्ठ १० गते शनिबार ।

काठमाडाैं – पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५८४ पुगेको छ ।
सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको हो । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend