साझा नेटवर्क
-सबिन बस्नेत ।
मेरो एउटा साथि हरिकृष्ण बिधालय उमेरदेखी नै सार्है मिल्ने । हामी पढाइमा पनि अब्बल थियौ । यो सम्बन्ध क्याम्पस पढ्दा समेत उस्तै प्रगाढ निरन्तर रहयो । तर संगै रहेनी जिवनको बाटोको सम्बन्धमा भने सधै भिन्नता हुने गर्यो । उ साहित्यिक कुरामा बढी रुचि राख्ने म चाहिँ ईतिहास र समाज परिवर्तनका तत्वहरुको खोजी गर्न चाहना राख्ने । हुन त बिचाराधाराको हिसाबले पनि हामीमा त्यति फरक पनि होइन ।

यति हो उ मा समाज परिवर्तनको निम्ति दैनिक घटना र परिघटनामा सहभागी हुनेभन्दा नि राम्रोसंग पढ्ने अनि भारत वा नेपालमा अधिकृतससम्मको जागिर गर्ने थियो । क्याम्पस तहमा आइपुग्दा त उसले क्याडेट परिक्षाको तयारी भित्रभित्रै गरिरहेको थियो । हरिकृष्णका बुवा पनि भारतिय सेनाबाट निबृत भएर घरमै सानो चिया नास्ता पसल गर्दै आएका थिए । उनको बिचार थियो छोराछोरीले राम्रो पढेर जागिर खाइदिए हुन्थ्यो । अझै आफू भारतको जागिरे भएको हुँदा उतै भर्ती गर्न पाए हुन्थ्यो भनी सोच्थे ।
किनकी उनलाइ लागेको थियो नेपालमा राम्रोसंग पढेपनी अन्तिममा पैसा र सोर्सफोर्स चाहिन्छ । हुन त सामान्य जनतालाइ नेपालको अहिलेसम्मको परिबेश हेर्दा यस्तै लाग्ने गर्छ । मेरो परिबारमा भने यसरी सोचिदिने पनि कोहि थिएन । आमाले कम्तिमा आफुले पढ्न नपाए पनि छ, सातजना सन्तानलाइ दुईचार कक्षा पढाउन पाए आफुले जस्तो दुख पाउने थिएनन् भन्ने मात्रै सोच थियो । अझै राम्रोसँग पढाउन सकेर गाउँघरमै शिक्षकको जागिर खुवाउन सकेपनी यसरी अरुका जुठ्ठा भांडा त माझ्नु पर्दैनथ्यो कि भन्ने बाहेक अरु सोचाइ थिएन कि जस्तो अहिले लाग्छ ।
खै सानैदेखी आमाको संरक्षणमा हुर्किएकोले होला मभित्र भने यो समाजको हेपा प्रवृत्ति, अन्याय, विभेद र दमनप्रती अलि बढी नै आक्रोश थियो । तसर्थ पढन सके नेपालभित्र र त्यो पनि यहि समाजमा नै रहेर यी सबैमा सुधार ल्याउन आफ्नो तर्फबाट कोसिस गर्नेछु ।तसर्थ राम्रो जागिर खाने, एस आराम गर्ने भन्ने इच्छा भित्री मनमा चाहिँ लागेन । त्यो दबाब कतैबाट ममाथी थिएन पनि । आमाको टालेको चोली फेर्न र नाङ्गो पैतालामा राम्रो जुत्ता लगाइदिने हैसियत बनाउने भने रहर चाहिँ पक्कै थियो ।
अहिले यो हामी घनिष्ठ भएर पनि कथा ब्यथा फरक भएको प्रसंगलाइ ठ्याक्कै हटकेक बनेको नेपाल, भारतबिचको चर्को सिमा बिबादसंग जोड्न मन लाग्यो । यतिबेला राष्ट्रको अस्मिता र सिमा बचाउने कुरामा कसैको दुइमत नहुनुपर्ने हो । भनिन्छ नि आफू जन्मेको देश आमा जत्तिकै प्यारो हुन्छ । कसैले पनि आफ्नो आमाको अपमान,बेइज्जत र मानमर्दन गरेको सहनसक्ने स्थिती हुदैन । त्यतिबेला सामार्थ्य छ छैन भनेर हेरिदैन, मिलेरै बदला लिन कोसिस गरिन्छ ।
तर यो अवस्था सबैको निम्ति एउटै हुदोरहेन्छ । अलिकती पृष्ठभुमि र परिबेशले पनि काम गर्दोरहेछ । जति सिमामा बस्ने नेपालिलाइ यतिखेर लिपुलेक, कालापानी, पशुपतिनगर र सुस्ता, त्रिबेणी मिचिदा दुखेको छ, त्यति न यो देशका नेतृत्वलाई दुखेको छ न आम नेपालीलाई पनि । सिमामा बस्ने नेपाली आफ्नो भुमिबाट रातारात बेदख्खल हुनुपरेको छ । पकाउदा पकाउदैको भांडोमा बन्दुकको कुन्दाले हानेर प्वाल पारिएको छ ।
जमिनको लालपुर्जा आफुसंग भएर पनि आफ्नै घरमा बस्न नपाउनु र आफ्नै खेतबारिमा जोत्न नपाउनु कति पिडामय हुन्छ सायद महशुस गर्नपनी सकिदैन । भारतिय एस एस पिका जवान आफ्नै नेपाल आमाको छातिमा रातदिन परेड खेल्दा गोलि लागेर मारिएका हजारौ गोबिन्द गौतम जस्ताको मनमुटु कति रोए होला ? देशका शासकले प्रतिउत्तरमा केही नगरी उनिसंगै डिनर खाएर आजसम्म बस्दा कति घृणा पैदा भए होला ? ढिलै भएपनी केपि सरकारले जनअभिमत स्विकार्दै नक्शा जारी गरेको छ ।
अधिकांश नेपालीलाइ गर्व लागेको छ । सरकारले प्रतिबाद गर्न शुरुवात गरेको छ । हेर्न बांकी छ उ मेरो साथी हरिकृष्ण हुन्छ कि म जस्तै हेपा प्रबृती सधैका लागि अन्त्य गर्ने गरि कसम खाएर दृढ भएर लागिरहने छ । सबै नेपालीले बाबुको इच्छा पूरा गर्न मात्रै होइन आमाको उध्रेको चोली सिलाउन पनि हिम्मत गरिनुपर्छ । अपमान, तिरस्कार र कुदृष्टिबाट नेपाल आमालाइ बचाउने कि खोइरो खन्ने र खुच्चिङ्ग भन्दै बस्ने हो बिचार गरौ ।
बर्तमान सरकारमा प्रचण्ड र शेरबहादुरको मात्रै होइन करोडौ जनताको तस्विर अटाएको कल्पना गर्ने फराकिलो हृदय बनाउन कन्जुस्याइँ गरिनु हुदैन । एकता नै बल हो । भारतको पछिल्लो हडबडाएको अभिब्यक्तिले यहि संकेत गरेको छ । मनिषा कोइराला र मिनेन्द्र रिजाल, नेपाल र नेपालीको अपमानको दर्हो प्रतिवाद गरेकोमा सलाम।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend