logo
  • मंगलबार, असोज १३ २०८३

छायाँ पोलिक्लनिकका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

२०७७ जेष्ठ ८ गते बिहीबार

अर्घाखाँची (दिपक खनाल) । सन्धिखर्क नगरपालिकामा अवस्थित छाँया पोलिक्लनिकका १० जनाको रिपोर्ट नेगेटिभ आएको छ । क्रिमसन अस्पतालमा उपचार गराएका गुल्मी मदाने गाउँपालिकाका एक शिक्षककाे जेठ २ गते काेराेना परीक्षणका लागि स्वाब पठाएकाेमा ५ गते त्यसकाे रिपाेर्ट पाेजेटिभ देखिएपछि पोलिक्लिनको उपचार तथा ल्याब र फार्मेसीमा संलग्न १० जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवा पठाइ स्वाब परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ अाएकाे प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयाे ।

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकले बुटबल रिफर हुनुअघि सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा उपचार गराएपछि अर्घाखाँची त्रसित भएकाे थियो ।

अर्घाखाँची अस्पतालबाट पठाइएका नमूनापनि नेगेटिभ आएको अर्घाखाँची अस्पतालका डा. कपिल गौतमले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend